राजनीति

रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकालेका छन् । मंगलबार (भदौ २४) प्रदर्शनकारीले ललितपुरको नक्खु कारागारबाट लामिछानेलाई निकालेका हुन् । ‘जेनजी’ पुस्ताले सोमबार (भदौ २४)देखि थालेको प्रदर्शन अराजक बन्दै गएको छ ।

रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

रूपन्देही–३ मा धनिराम चौधरीलाई उमेदवार बनाउने जनमतको निर्णय

बुटवल । जनमत पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि धनिराम चौधरीलाई उमेदवार बनाउने निर्णय गरेको छ । पार्टीका राष्ट्रिय सचिव भुपेन्द्र यादवले चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको जानकारी दिए । रूपन्देहीको सियारी गाउँपालिका निवासी चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट उमेदवार बनेका थिए । उनी हालैमात्र जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

  • लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मुसलमानको मृत्यु

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख मुसलमानको मृत्यु

    बुटवल । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्दिन मुसलमानको मृत्यु भएको छ । हृदयघातका कारण ७२ वर्षीय मुसलमानको मृत्यु भएको बताइएको छ । हृदयघात भएपछि भैरहवास्थित यूसीएमसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी...

  • रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

    रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

    बुटवल । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि माग बमाेजिम नहुने फैसला गरेकाे रुपन्देही...

  • रविकाे रिहा गर्ने निवेदनमाथीकाे बहस सकियाे

    रविकाे रिहा गर्ने निवेदनमाथीकाे बहस सकियाे

    बुटवल । रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथिको बहस सकिएको छ । न्यायाधीश नारायण सापकोटाको इजलासमा बहस सकिएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले...