रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें

रवि लामिछानेकाे मुद्दा सदर भएन्, थुनामै रहनें
0 0
Read Time:2 Minute, 21 Second

बुटवल । रास्वपाका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जारी भएको छ ।

रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमाथि माग बमाेजिम नहुने फैसला गरेकाे रुपन्देही जिल्ला अदाललते जनाएकाे छ । यद्दपी पूर्णविवरण आउन बाँकी छ ।

न्यायाधीश नारायण सापकोटाको इजलासमा भएकाे बहसमारविको पक्षबाट नारायण कडेल, महेन्द्र पाण्डे, राजेन्द्र थापाले वहस गरेका थिए ।
लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा रुपन्देही जिल्ला अदालतकै न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले एक करोड रुपैयाँ धरौटी हुने आदेश गरेको थियो ।
त्यसपछि लामिछाने ७३ निवेदनसहित उच्च अदालत पुगेका थिए । गत वर्ष चैत २२ गते उच्चको आदेशबाट उनी मुद्दा पुर्पक्षका निम्ति थुनामा पुगेका हुन् ।

उनले उच्चको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनः ७३ नम्बरको निवेदन दिएका थिए । सर्वोच्चबाट समेत उच्चको आदेश सदर गरिएको थियो । हाल लामिछानेले पुनः जिल्ला अदालतमै सहकारी ऐनको दफा १३१(क) बमोजिम बिगो तिरेर साधारण तारेख माग गर्दै निवेदन दिएका हुन् ।

लामिछानेले दिएको निवेदनमा उक्त कानुन आफ्नो हकमा आकर्षित नहुने भए पनि बिगोका निम्ति दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरेको उल्लेख गरेका छन् । उनले दाबी गरेको दफा १३१(क)को उपदफा २ ले संगठित अपराध, सम्पत्ति शुद्धीकरणसहितका अभियुक्तलाई मिलापत्र गर्न प्रतिबन्ध लगाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %