काङ्ग्रेस लुम्बिनीको महामन्त्री महिलामा रिता केसी क्षेत्री आकांक्षी

काङ्ग्रेस लुम्बिनीको महामन्त्री महिलामा रिता केसी क्षेत्री आकांक्षी
0 0
Read Time:2 Minute, 59 Second

बुटवल । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको महामन्त्री महिला पदमा बुटवलकी रीता केसी क्षेत्री आकांक्षी देखिएकी छन्। विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा सक्रिय रहँदै विभिन्न जिम्मेवारी सम्हालेकी क्षेत्रीले प्रदेश नेतृत्वमा महिलाको सहभागिता बलियो बनाउने लक्ष्यसहित महामन्त्री पदमा आकांक्षा राखेकी हुन्।

नेपाल किसान महासंघ लुम्बिनी प्रदेशकी अध्यक्षसमेत रहेकी क्षेत्रीले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन्। त्यसपछि तरुण दल र नेपाल महिला संघमा रहेर संगठन निर्माण तथा पार्टीका गतिविधिमा सक्रिय भूमिका निर्वाह गरिन्।

उनले नेपाली काङ्ग्रेसको शिक्षा विभागको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। त्यस्तै, अनुगमन तथा मूल्यांकन समितिमा रुपन्देहीको जिल्ला सदस्य सचिव र महिला संघको जिल्ला सदस्यका रूपमा पनि काम गरेको अनुभव उनीसँग छ।

पछिल्लो समय नेपाल किसान महासंघको संगठन विस्तार र अधिवेशनका गतिविधिमा सक्रिय रहेकी क्षेत्री अधिवेशन सम्पन्न गराउने क्रममा लुम्बिनी प्रदेशका ११ जिल्लामा पुगेकी थिइन्। जिल्लास्तरका नेता तथा कार्यकर्तासँगको भेटघाट र संगठनात्मक गतिविधिमा सहभागिताले पार्टीभित्र आफ्नो सक्रियता थप बढाएको उनको भनाइ छ।

क्षेत्रीले महिला अधिकारका सवालमा निरन्तर आवाज उठाउँदै आएकी छन्। विद्यार्थी, युवा, महिला र किसान संगठनमा काम गरेको अनुभवलाई प्रदेश नेतृत्वमा उपयोग गर्ने उनको योजना छ। पार्टीको तल्लो तहदेखि प्रदेश तहसम्म महिलालाई नेतृत्वदायी र निर्णायक भूमिकामा स्थापित गर्नुपर्ने उनको जोड छ।

विभिन्न संगठनमा रहेर काम गर्दा आफूले पार्टीका लागि समय र श्रम खर्चिएको उल्लेख गर्दै उनले सहयोग गर्ने नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरेकी छन्। संगठनमा गरेको योगदान र अनुभवका आधारमा अब प्रदेश नेतृत्वमा जिम्मेवारी लिन आफू आकांक्षी रहेको उनको भनाइ छ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %