बुटवल । बुटवलको मिलनचोकस्थित डेल्टा कम्प्लेक्समा नयाँ प्रविधिमा आधारित १८ डी प्लस मुभी थिएटर र मिरर मेज (भुलभुलैया) सञ्चालनमा आएको छ। ५ जना युवा व्यवसायीको संयुक्त लगानीमा नेक्स्टजेन एडभेन्चर इन्टरटेनमेन्ट प्रालिले सञ्चालनमा ल्याएको उक्त मनोरञ्जन केन्द्रको औपचारिक उद्घाटन कात्तिक १५ गते गर्ने तयारी छ। प्रकाश भुसाल, दीपक ढकाल, सुदीप काफ्ले, सिद्धार्थ थापा र निश्चल तिमिल्सिनाको संयुक्त लगानीमा निर्माण भएको केन्द्रमा हालसम्म करिब साढे दुई करोड...











