कपिलवस्तु ।आसन्न चाडपर्वहरूलाई सुरक्षित र व्यवस्थित बनाउन कपिलवस्तु प्रहरीले विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। चाडपर्व लक्षित सुरक्षा योजना तथा समसामयिक विषयमा आयोजित पत्रकार एवं सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा प्रहरीले सुरक्षा रणनीतिबारे जानकारी दिएको हो। शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न आजैबाट जिल्लाभर ६४ वटा मोटरसाइकलमा दुई-दुई जना हतियारसहितका प्रहरी कर्मचारी आवश्यक सम्पूर्ण सामानसहित चौबीसै घण्टा खटिने गरी व्यवस्था मिलाइएको छ। कुनै पनि स्थानमा घटना,...







