कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन

कपिलवस्तुमा घरजग्गा कारोबार र राजस्व संकलनमा भारी गिरावट, चालु आवमा १४ करोड ७६ लाख राजस्व संकलन
0 0
Read Time:2 Minute, 18 Second

कपिलबस्तु । कपिलवस्तुको तौलिहवास्थित भूमि प्रशासन कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ मा घरजग्गा खरिद–बिक्री (रजिष्ट्रेशन पास) तथा राजस्व संकलनमा विगतका वर्षहरूको तुलनामा उल्लेख्य गिरावट आएको छ।

भूमि प्रशासन कार्यालय तौलिहवाका प्रमुख उर्मिला केसीका अनुसार चालु आर्थिक वर्षमा जम्मा ८ हजार ४ सय ७४ जनाले मात्र घरजग्गा रजिष्ट्रेशन पास गराएका छन्। रजिष्ट्रेशन गर्नेहरूमध्ये ५ हजार ३ सय ५१ जना पुरुष र ३ हजार १ सय २३ जना महिला रहेका छन्। उहाँका अनुसार यो संख्या अघिल्ला वर्षहरूको तुलनामा निकै कम हो।

घरजग्गा कारोबारमा आएको मन्दीसँगै राजस्व संकलनमा पनि प्रत्यक्ष असर परेको छ। कार्यालयले चालु आर्थिक वर्षमा कुल १४ करोड ७६ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ, जुन विगतका वर्षहरूको तुलनामा उल्लेखनीय रूपमा घटेको हो।

नियमअनुसार संकलित राजस्वमध्ये ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारलाई बाँडफाँड गरिन्छ। यसअनुसार स्थानीय तहले ७ करोड ६७ लाख ६३ हजार रुपैयाँ र प्रदेश सरकारले ५ करोड ११ लाख ६९ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रमुख केसीका अनुसार असार महिनाको राजस्व बाँडफाँड हुन बाँकी रहेको छ। उक्त बाँकी रकम १ करोड ९७ लाख २ हजार रुपैयाँ रहेको उहाँले जानकारी दिनुभयो।

देशभर देखिएको आर्थिक शिथिलता, घरजग्गा बजारमा आएको मन्दी तथा लगानी घट्दै जाँदा मालपोत कार्यालयमा हुने रजिष्ट्रेशन संख्या र राजस्व संकलन दुवैमा गिरावट आएको कार्यालयको निष्कर्ष छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %