आधुनिक समाज डेन्टलमा स्वास्थ्यमन्त्री घिमिरेको आकस्मिक भ्रमण, मुख स्वास्थ्य सेवामा सहकार्यको प्रतिबद्धता
बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले बुटवलस्थित आधुनिक समाज डेन्टलको आकस्मिक भ्रमण गर्दै मुख स्वास्थ्य सेवाको अवस्था, सेवा विस्तार र सरकारी–निजी साझेदारीका सम्भावनाबारे छलफल गर्नुभएको छ। भ्रमणका क्रममा मन्त्री घिमिरेले आधुनिक समाज डेन्टलका अध्यक्ष तथा मुख स्वास्थ्य अभियन्ता अमृत भुसालसँग प्रदेशभर गुणस्तरीय र पहुँचयोग्य मुख स्वास्थ्य सेवा विस्तार, समुदायमा आधारित जनचेतनामूलक कार्यक्रम सञ्चालन…
