बुटवलमा सीपमूलक तालिम लिएका ५९ प्रतिशतभन्दा बढी रोजगारीमा

बुटवलमा सीपमूलक तालिम लिएका ५९ प्रतिशतभन्दा बढी रोजगारीमा
0 0
Read Time:4 Minute, 3 Second

बुटवल । रुपन्देहीकाे बुटवल उपमहानगरपािलकाले सञ्चालन गरेका विभिन्न सीपमूलक तथा व्यावसायिक तालिम कार्यक्रम प्रभावकारी देखिएका छन् ।

आर्थिक वर्ष २०७९-०८० देखि २०८२-०८३ सम्म सञ्चालन गरिएका ९ वटा तालिम कार्यक्रममा सहभागी १७५ जनामध्ये १०४ जनाले उद्यम सञ्चालन वा रोजगारी प्राप्त गर्न सफल भएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

रोजगार शाखाका अरबिन्द पाण्डेका अनुसार तालिमपछि करिब ५९ प्रतिशत सहभागी प्रत्यक्ष रूपमा रोजगारी वा स्वरोजगारमा आबद्ध भएका छन्, जुन उल्लेखनीय उपलब्धि हो ।

आर्थिक वर्ष २०७९-०८० मा सञ्चालन गरिएको टायल मार्वल लगाउने तालिममा २० जनामध्ये १३ जना रोजगारीमा संलग्न भएका थिए । त्यसैगरी २०८०-०८१ मा सञ्चालन गरिएका बेसिक कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, बारिस्टा, एसी तथा फ्रिज मर्मत र मोबाइल रिपेयर तालिमबाट पनि उल्लेखनीय संख्यामा सहभागीहरू रोजगारीमा जोडिएका छन् ।

विशेषगरी ४० जना सहभागी रहेको बारिस्टा तालिमबाट २५ जनाले रोजगारी प्राप्त गर्नु कार्यक्रमको महत्वपूर्ण उपलब्धि रहेको पाण्डेले जानकारी दिए । आर्थिक वर्ष २०८१-०८२ मा सञ्चालन गरिएको अडियो÷भिडियोग्राफी तथा ड्रोनसम्बन्धी आधारभूत तालिमबाट २५ जनामध्ये ११ जना स्वरोजगार वा रोजगारीमा आबद्ध भएका छन् भने सोही वर्षको एसी तथा फ्रिज मर्मत तालिमबाट ३० जनामध्ये १० जना लाभान्वित भएका छन् ।

त्यसैगरी आर्थिक वर्ष २०८२-०८३ मा सञ्चालन गरिएका बारिस्टा र व्यूटिसियन तालिमबाट पनि सहभागीहरू स्वरोजगारतर्फ उन्मूख भएका छन् । रोजगार शाखाका अनुसार यस्ता सीपमूलक तालिम कार्यक्रमले स्थानीयस्तरमै रोजगारी सिर्जना, वैदेशिक रोजगारीमा निर्भरता घटाउने र उद्यमशीलता विकास गर्ने उद्देश्यलाई टेवा पु¥याएको छ । आगामी दिनमा बजारको मागअनुसार थप प्रभावकारी तालिम सञ्चालन गरिने पनि शाखाले जनाएको छ ।

रोजगारी श्रृजना प्राथमिकताः मेयर पाण्डे 
नगरप्रमुख खेलराज पाण्डेयले सीप र रोजगारीलाई स्थानीय सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताए । उनले भने–“बुटवललाई अवसरको शहर बनाउने हाम्रो लक्ष्य हो । सीप सिकेर युवाले स्वदेशमै रोजगारी पाउनुपर्छ भन्ने उद्देश्यले मेयर युवा उद्यम तथा रोजगार प्रवद्र्धन कार्यक्रम सञ्चालन गरेका हौँ ।  अहिले देखिएको सहभागिता र परिणामले कार्यक्रम सही दिशामा रहेको पुष्टि गरेको छ । ”

उप–प्रमुख सावित्रादेवी अर्यालले महिला सशक्तिकरणलाई विकासको आधार भएको बताउँदै बुटवलले रोजगारी सिर्जनालाई पहिलो प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्–“उप–प्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रमले धेरै महिलालाई घरमै बसेर आयआर्जन गर्ने वातावरण बनाएको छ ।  तालिमलाई बजारसँग जोड्दै दिगो आम्दानीको आधार तयार पार्ने हाम्रो प्रयास जारी रहनेछ ।”

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %