काङ्ग्रेस सभापति उम्मेदवार घोषणा गर्दै किशोर सिंह राठौरले भने म सभापति बन्छु, प्रधानमन्त्री होइन
बुटवल । नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले आगामी १५औं महाधिवेशनमा आफू सहजै सभापति बन्ने दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पार्टीलाई बलियो बनाउन नेतृत्वमा नयाँ धार आवश्यक भएको बताए।
राठौरले मुलुकमा बढ्दै गएको अराजकता, बेथिति र भ्रष्टाचार नियन्त्रण गर्न सक्षम नेतृत्व आफू मात्र भएको दाबी गर्दै भने, “म मन्त्री वा प्रधानमन्त्री बन्ने लोभले होइन, कांग्रेसलाई सशक्त बनाउन सभापति बन्न चाहन्छु।” उनले सभापति शेरबहादुर देउवाको साथ–सहयोग रहने विश्वास पनि व्यक्त गरे।
प्रतिनिधि सभा सदस्यसमेत रहेका राठौरले सभापति बनेपछि संगठनलाई नवीकरण गर्ने, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्ने र पार्टीलाई नयाँ गतिशीलता दिने प्रतिवद्धता व्यक्त गरे।
सत्ता समीकरणबारे प्रश्नमा उनले कांग्रेस–एमाले सहकार्यलाई व्यवहारमै इमान्दारीपूर्वक पालना गर्नुपर्ने धारणा राख्दै चेतावनी दिए, “इमान्दारीपूर्वक सहकार्य भयो भने मात्र गठबन्धन टिक्छ, नत्र कांग्रेस आफैं सबल भएर अगाडि बढ्नुपर्छ।”

लेखकको सम्वन्धमा