निर्माणको ६० वर्ष पछि बुटवल-गोरूसिंगे-चन्द्रौटा सडकखण्ड ४ लेन बिस्तार हुँदै, समयमा निर्माण नसकिए अलपत्र पर्ने चिन्ता
बुटवल । लुम्बिनी प्रदेश मात्रै नभई देशभर नै सञ्चालनमा आएका अधिकांश योजना समयमा सम्पन्न हुँदैनन् । बुटवल नारायणगढ ११४ किलोमिटर सडक विस्तार पनि समयमा नसकिँदा यात्रुले निकै सास्ती भोगिरहेका छन्। पूर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल-गोरूसिंगे-चन्द्रौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर...
