प्युठानमा सामुदायिक वनबाट ७ बन्दुक बरामद
Read Time:1 Minute, 14 Second
बुटवल । प्युठानको नौबहिनी गाउँपालिका–२ कुर्तिबाङस्थित तिनचुले सामुदायिक वनबाट प्रहरीले लुकाइछिपाइ राखिएका ४ थान भरुवा बन्दुक र ३ थान बन्दुकका नाल बरामद गरेको छ।
बुधबार बिहान करिब ८:३० बजे इलाका प्रहरी कार्यालय लुङबाहानेबाट खटिएको प्रहरी गस्ती टोलीले वन क्षेत्रमा पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा उक्त हतियार तथा बन्दुकका पार्टपुर्जा फेला पारी नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरिएका सामग्रीमा ४ थान साबुत भरुवा बन्दुक र ३ थान भरुवा बन्दुकका नाल रहेका छन्।
यसरी कुल ७ थान सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएका हतियार कसले र कुन उद्देश्यले वन क्षेत्रमा लुकाएर राखेको हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

लेखकको सम्वन्धमा