द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको उद्घाटन
बुटवल । द आर्ट अफ लिभिङ नेपाल बुटवल केन्द्रको समुदघाटन तथा गुरुपुजा र सत्सङ कार्यक्रम सम्पन्न भएको छ।
भवन निर्माण समितिका अध्यक्ष उज्वल प्रसाद कसजुको अध्यक्षता तथा द आर्ट अफ लिभिङ नेपाल, एपेक्सका महासचिव सन्दीप शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै शाहले केन्द्रको स्थापनाले तनावमुक्त र हिंसा मुक्त समाजको निर्माणमा सहयोग गर्ने बताए।
कार्यक्रमका तिलोत्तमा नगरपालिका – वार्ड नम्बर ३ का अध्यक्ष , कल्याण प्रसाद पौडेलले समाजमा शान्ति स्थापना गर्न आफु सदैब द आर्ट अफ लिभिङको साथमा रहेको बताए।
औपचारिक कार्यक्रमको संचालन भवन निर्माण समितिका सचीव तथा द आर्ट अफ लिभिङका प्रशिक्षक मनोज सापकोटाले गरेका थिए।
संस्थाका गुरु पुजा पन्डित हरुको गुरु पुजा तथा सत्सङ गायक र स्वयंसेवकहरुको भजन तथा नृत्यले कार्यक्रमलाइ थप आकर्षक बनाएको थियो।
कार्यक्रममा , संस्थाका जिल्ला समन्वय समितिका संयोजक, दिपेन्द्र प्रधान तथा सदस्यहरु , संस्थाका प्रशिक्षक तथा स्वयंसेवकहरु, स्थानीय क्लबका अध्यक्षहरु र स्थानीय समुदायको उपस्थिति रहेको थियो।

लेखकको सम्वन्धमा