बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१६ का वडा सदस्य विष्णु सापकोटा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ३ (ख) बाट प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनबाट सापकोटा प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। स्थानीय तहमा जनप्रतिनिधिका रूपमा काम गर्दै आएका सापकोटाले पार्टीको प्रदेश तहमा समेत प्रतिनिधित्व गर्ने अवसर पाएका छन्।
महिला तथा स्थानीय तहबाट पार्टी राजनीतिमा सक्रिय व्यक्तिहरूलाई नेतृत्वको मूलधारमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउँदै सापकोटाले पार्टीभित्र महिला सहभागिता र नेतृत्व विकासलाई थप प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्। उनले महिलाको राजनीतिक सहभागिता बढाउँदै नेतृत्व तहमा समेत उनीहरूको अर्थपूर्ण उपस्थिति सुनिश्चित गर्नुपर्ने बताए।
प्रदेश अधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित भएपछि उनले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको भावना र सुझावलाई नेतृत्व तहसम्म पुर्याउने तथा जनतासँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाएका छन्।

लेखकको सम्वन्धमा