सार्वजनिक सूचना निकाल्दै चौराह अस्पतालले गर्यो समता शुल्क फिर्ता लैजान आग्रह

सार्वजनिक सूचना निकाल्दै चौराह अस्पतालले गर्यो समता शुल्क फिर्ता लैजान आग्रह
0 0
Read Time:1 Minute, 36 Second

बुटवल । बुटवलस्थित चौराह अस्पताल प्रालिले सार्वजनिक सूचना जारी गर्दै स्वास्थ्य समता शुल्क बुझाएका सेवाग्राहीलाई आफूले तिरेको रकम फिर्ता लिन आग्रह गरेको छ।

नेपाल सरकारको आर्थिक ऐन, २०८३ तथा नेपाल राजपत्र (भाग–५) मा प्रकाशित सूचनाअनुसार स्वास्थ्य समता शुल्क पूर्ण रूपमा हटाइएपछि अस्पतालले यसअघि उक्त शुल्क तिरेका बिरामी तथा सरोकारवालालाई आवश्यक प्रमाणसहित अस्पतालको बिलिङ शाखा (क्यास काउन्टर) मा सम्पर्क गरी रकम फिर्ता लिन अनुरोध गरेको हो।

अस्पतालले सार्वजनिक सूचनामार्फत राजपत्रमा सूचना प्रकाशित भएको मितिले २१ श्रावण २०८३ भित्र रकम फिर्ता लिनुपर्ने जनाएको छ। अस्पताल प्रशासनका अनुसार तोकिएको अवधिभित्र सम्बन्धित व्यक्तिले रकम दाबी नगरेमा नेपाल सरकारको निर्णयअनुसार उक्त रकमको व्यवस्थापन गरिनेछ।

बुटवल–११, कालिकानगरस्थित चौराह अस्पतालले यस सम्बन्धमा थप जानकारी आवश्यक परे बिलिङ शाखामा सम्पर्क गर्न वा ०७१–४१५५००२ तथा ९८५७०८९०२९ नम्बरमा फोन गर्न सेवाग्राहीलाई अनुरोध गरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %