राष्ट्रिय परिचयपत्र बनाउन कार्यालयमा सेवाग्राहीको भिड
बुटवल । राष्ट्रिय परिचयपत्र बनाउन तथा विवरण अद्यावधिक गराउन आउने सेवाग्राहीको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दैनिक भिडभाड बढेको छ।

राष्ट्रिय परिचयपत्र अनिवार्य हुन थालेपछि नयाँ विवरण दर्ता, बायोमेट्रिक तथा विवरण सच्याउन आउने सेवाग्राहीको चाप बढेको कार्यालयले जनाएको छ। बिहानैदेखि सेवाग्राही लामो लाइनमा बसेर पालो कुर्न बाध्य भएका छन्। सेवाग्राहीको चापका कारण दैनिक सेवा प्रवाहमा समेत दबाब परेको भए पनि कार्यालयले उपलब्ध जनशक्तिमार्फत सेवा सञ्चालन भइरहेको कार्यालयका सुचना अधिकारी मेघनाथ पाध्याले बताए ।

कार्यालयले आवश्यक कागजातसहित तोकिएको समयमा उपस्थित हुन तथा अनावश्यक भीड नगर्न सेवाग्राहीलाई आग्रह गरेको छ। पछिल्लो समय विभिन्न सरकारी सेवा तथा कागजातमा राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढेको हो।
सुचना अधिकारी पाध्यका अनुसार नयाँ दर्ताको संगै पहिले बनाएका कार्डहरु बितरण पनि भैरहेको छ । टोलटोलमा टोलि जादा ध्यान नपुगेको या त्यतिबेला बनाएका कार्ड लिन आउनेहरुको भिडभाड हुने गरेको उनले बताए ।
केन्द्रिय सर्वरले समस्या दिइरहदा केही भिड देखिएको बताउदै उनले आईतवार पनि सेवा प्रदान गरिरहेको बताए । अहिले दैनिक ६ सय नया बनाउने तथा कार्ड बितरणको काम भईरहेको कार्यालयले जनाएको छ ।

लेखकको सम्वन्धमा