लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा बिकास टण्डन निर्वाचित

लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा बिकास टण्डन निर्वाचित
0 0
Read Time:2 Minute, 22 Second

बुटवल । लियो क्लब अफ बुटवल सेन्ट्रलको अध्यक्षमा बिकास टण्डन निर्वाचित भएका छन् । क्लबको आज भएको पदस्थापना कार्यक्रम बाट क्लबका प्रथम उपाध्यक्ष रहेका बिकास टण्डनलाई वर्ष २०२३/२४ को लागि सर्वसम्वत निर्वाचित गरेको क्लबका सचिव युवराज बञ्जाडेले जानकारी गराए ।
नवनिर्वाचित ट्न्डन युवा उद्यमी तथा समाजसेवी हुन् । टण्डन बुटवल ०६ ट्राफिक चोकमा फोर नेसन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । विभिन्न समाजिक संघ संस्थाको प्रतिनिधित्व गरिसकेका टण्डन सामाजिक अभियान्ता समेत हुन् ।
क्लबले आज आयोजना गरेको पदस्थापना कार्यक्रम बाट २०२३/२४ का लागि अध्यक्षमा बिकास टण्डन , प्रथम उपाध्यक्षमा विशाल पाण्डे, सचिवमा युबराज बञ्जाडे र कोषाध्यक्षमा हरि घिमिरे र्निविरोध निर्वाचित गरेको क्लबका अध्यक्ष माधब अर्यालले जानकारी गराएका छन् । कलबका सस्थापक अध्यक्ष लक्षमण पन्थीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम केसब पौडेल र युबराज बञ्जाडेले सन्चालन गर्नु भएको थियो ।
प्रमुख अतिथि लक्षम्ण पन्थिले कार्यक्रममा बोल्दै समाज सेवा संगै सस्थांलाइ थप प्रगती गर्नको निमित्त सबैलाइ आह्वान गर्नुभएको थियो भने नव निर्वाचित बिकास टण्डनलाई सुभकामना दिनुभएको थियो ।क्लबका पुर्ब अध्यक्ष बिजय आचार्य , सौरभ भुसाल , बुद्धि कुवर, हिमाल खनाल लगायतले सुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्षमा निर्वाचित टण्डनले पहिलो बैठकबाट बर्षभरीका कार्ययोजना प्रस्तुत गरी सोहि बमोजिम कार्यक्रमहरु गरीने र क्लबले गरी आएका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %