जिल्ला अस्पताल प्युठानमा सासद गिरिको अनुगमन, समस्या समाधान गर्ने प्रतिबद्धता

जिल्ला अस्पताल प्युठानमा सासद गिरिको अनुगमन, समस्या समाधान गर्ने प्रतिबद्धता
0 0
Read Time:1 Minute, 51 Second

बुटवल । जिल्ला अस्पताल प्युठानबाट विभिन्न समस्याको गुनासो आएपछि लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरिले अनुगमन गरेकी छन।
नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशसभा सचेतक एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री समेत रहेकी गिरिले अस्पतालको अनुगमन गरेकी हुन।
अस्पतालमा भएको भिडियो एक्सरे मेसिन नचलेको भन्दै बाहिर आफ्नो क्लिनिकमा भिडियो एक्सरे गरेको हल्ला सुनेपछि अनुगमनमा पुगेको बताइन। उनले भनिन ,’यहाँको रेडियोलोजिस्टले अस्पतालको भिडियो एक्सरेले मधुरो देखाउने गरेको र काम नगर्ने भन्दै आफ्नो क्लिनिकमा पुर्‍याएर महँगो पैसा असुलेको कुरा आयो त्यसैले अनुगमन गरेका हौ ।’
बिगत देखि डाईलासिसी मेसिन भएपनी प्रयोगमा नआएपछि जनतालाई सहज सेवा पुर्‍याउन सत्यतथ्य जान्नको लागि अनुगमनमा पुगेको उनको भनाई छ।
अस्पतालमा मेसुको लागि दशौ तहको आवश्यक भएपनी प्रदेश सरकारले आठौ तहको ब्यक्ती मेडिकल सुपरिटेन्डेन्ट(मेसु) पठाउदा अस्पतालका कर्मचारीले अटेरी गरेको घटनाहरु बाहिर आउन थालेकोले अनुगमन गरि ब्यवस्थापनको पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन।
अस्पतालमा भएका समस्याहरु र अहिले प्रदान भईरहेका सेवाहरुको बारेमा अस्पतालकि निमित्त मेसु प्रमिला खनालले जानकारी गराएकी थिइन।

Happy
Happy
25 %
Sad
Sad
0 %
Excited
Excited
75 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %