बुटवल नगरप्रमुख पाण्डेयद्वारा तिनाउ करिडोर देखि निर्माणाधीन सडकको अनुगमन

बुटवल नगरप्रमुख पाण्डेयद्वारा तिनाउ करिडोर देखि निर्माणाधीन सडकको अनुगमन
0 0
Read Time:2 Minute, 40 Second

बुटवल । बुटवल उपमहानगरपालिकाले चालु ०७९/८० मा कार्यान्वयनको चरणमा रहेका आयोजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ।

शुक्रवार बिहान बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा गएको उपमहानगरको टोलिले तिनाउ करिडोर , सिक्स लेन सडक र विभिन्न भित्री निर्माणाधीन सडकहरुको अनुगमन गरेको हो।

बिहान ७ बजे गाेलपार्क क्षेत्रकाे सडक पिचको अनुगमन बाट शुरु भएको शृङ्खलामै नेबिल बैंक अगाडिको सडकमा हुँदै गरेको पिचको अनुगम, अस्पताल लाईन अगाडिकाे गाेलाई घटाउने कामकाे अनुगमन, मिलनचाेककाे सडक पिच अनुगमन, राजमार्ग चौराहकाे गाेलाई ढलाईको लागि तैयारीकाे काम अनुगमन, कालिका मा बि अगाडिको सर्विसलेन सडक पिच अनुगमन, कालिकानगर अभियान पथ बाटो बिस्तारको लागि बाल लगाउने कामको अनुगमन ,याेगिकुटि कालिकापथकाे सडक निकास का लागि कुलो निर्माण कार्यको अनुगमन, देवि पथ र मगरघाट जाने चाेक, रानिगँज सडक बिस्तार र पिचको अनुगमन सम्म पुगेको थियो। टोलिले बुटवल १७ मा तिनाउ काेरिडाेर निर्माण कामको अनुगमन गरेका हुन।

अनुगमनमा नगरप्रमुख पाण्डेयले निर्माणाधीन कामको विषयमा जानकारी लिदै भईरहेका क्रियाकलापलाई निरन्तर अगाडि बढाउन आग्रह गरेका थिए । उनले गुणस्तरीय र दीर्घकालीन हुनेगरी काम गर्न सम्बन्धित सबैलाई आग्रह समेत गरेका थिए।

टोलिमा नगर प्रमुख पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी,शिक्षा तथा जनस्वाथ्य/वित्त महाशाखा प्रमुख मित्रमणी खनाल, शहरी पुर्वधार महाशाखा प्रमुख सुमन श्रेष्ठ, प्रशासन शाखा प्रमुख हरी प्रसाद आचार्य, सर्वजनिक निजि साझेदारी / प्राकृतीक श्रोत तथा सम्पति ब्यवस्थापन शाखा प्रमुख रामप्रसाद अर्याल, शहरी पुर्वधार शाखा प्रमुख गौतम रौनियार लगायत सहभागी रहेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %