एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण
बुटवल। बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक सयबढी छात्रछात्राको सहभागिता रहेको थियो ।...
