अक्सफोर्ड कलेजमा दोस्रो मेगा फुड फेस्ट तथा लाइभ कन्सर्ट र रक्तदान(तस्वीरहरु सहित)

अक्सफोर्ड कलेजमा दोस्रो मेगा फुड फेस्ट तथा लाइभ कन्सर्ट र रक्तदान(तस्वीरहरु सहित)
0 0
Read Time:2 Minute, 47 Second

बुटवल । बुटवल । लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा शुक्रबार दोस्रो मेगा फुड फेस्ट तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव, रक्तदान तथा सांगीतिक कार्यक्रम भएको हो ।

क्याम्पस प्रमुख मनोज मरासिनीले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा गएको बताए ।

त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दामी समेत गर्न थालेको मरासिनीले बताए । २०५९ सालमा स्थापना भएको कलेजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ । कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ । २०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्धितीय भएको थियो ।

त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम र बिआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम भएको क्याम्पसका बिएचएम तथा बिआइएमका संयोजक ओमबहादुर कार्कीले बताए ।

रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस साईटाईटी रक्त सञ्चार सेवा केन्द्र बुटवलको सहयोगमा गरिएको रक्तदान कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक कर्माचारीहरु ६० जनाले रक्तदान गरेको क्यापस प्रमुख मनोज मरासीनीले जानकारी दिए ।

कलेजमा बिबिएस, बिएड, बिआइएम र बिएचएम मा गरी १ हजार २६५ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

३.९६ जिपिए सहित अक्सफोर्ड माविले ल्यायो उत्कृष्ट नतिजा
अक्सफोर्ड माबीमा नवआगन्तुक विद्यार्थीहरुलाइ स्वागत
३७५६ जना विद्यार्थीले दिए अक्सफोर्ड मा. वि कक्षा ११ काे प्रवेश परीक्षा

अक्सफोर्डमा बनौं संस्कारी पुस्तक विमोचन

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %