मजदुर बर्गको रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ : मुख्यमन्त्री चौधरी

मजदुर बर्गको रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ : मुख्यमन्त्री चौधरी
0 0
Read Time:2 Minute, 9 Second

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मजदुर बर्गको रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्ने बताएका छन। अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३४औं मजदुर दिवसको अवसरमा मुख्यमन्त्री चौधरीले राष्ट्रको समग्र सामाजिक, आर्थिक उन्नतीका लागि महत्वपूर्ण भूमिका रहेको श्रमिक तथा मजदुरको हक हितका लागि सरकार गम्भीर हुनुपर्ने बताए। उनले लुम्बिनी प्रदेश सरकार यसमा गम्भीर भएको बताउदै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने र श्रमको सम्मानमा सरकार सधै साथमा रहने प्रतिबद्धता ब्यक्त गरे।
उनलेविभिन्न आरोह अबरोह पार गर्दै आफ्ना अधिकारहरु स्थापित गराउन सफल श्रमिक तथा मजदुर वर्गको हक अधिकार स्थापित गर्ने दिवसले महत्व राख्ने बताए।
उनले आठघण्टा काम, आठघण्टा आराम र आठघण्टा मनोरञ्जन गर्न पाउने लगायत पेशागत हितको प्रबर्द्धन र कामको सुरक्षाका आधारभूत माग राखी अमेरिकाको शिकागो शहरमा भएको संघर्षबाट मजदुरको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधालाई राज्य पक्षले संरक्षण दिनुपर्छ भन्ने मान्यता स्थापित भएको स्मरण गरे। सोही दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मे १ मा विश्व मजदुर दिवस अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको उनको भनाई छ।
मुख्यमन्त्री चौधरीले सम्पूर्ण श्रमिकले आफ्नो हक–अधिकारको सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्दै शुभकामना व्यक्त गरे।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %