आज १ बजे चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै

आज १ बजे चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
0 0
Read Time:2 Minute, 7 Second

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आज १ बजे प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्दै छन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा आज १ बजे प्रदेश दाबी पेस गर्ने चौधरीको सचिवालयले जनाएको छ ।

यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन दिएका थिए । आज पनि ५३ जनाको हस्ताक्षर सहित दाबी पेस गर्ने तयारी रहेको चौधरीको सचिवालयले जनाएको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

यहाँ बहुमतको लागि ४४ सांसाद आवश्यक पर्नेछ । लुम्बिनीमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट चौधरी मुख्यमन्त्री बन्ने निश्चित छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %