आज देशैभरिका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
काठमाडौं – उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत आज सोमबार देशभरका ओपीडी बन्द गरिएका छन्। देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन्। संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार...
