रुपन्देही–३ : त्रिपक्षीय भिडन्तमा खाँण, भुसाल र बोहोरा

रुपन्देही–३ : त्रिपक्षीय भिडन्तमा खाँण, भुसाल र बोहोरा
1 0
Read Time:3 Minute, 8 Second

बुटवल । संघीय सरकारका गृहमन्त्री रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, एमाले नेता घनश्याम भुसाल र राप्रपा नेता दीपक बोहराको निर्वाचन क्षेत्र रुपन्देही ३ हो । क्षेत्र नम्बर ३ मा बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाका वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ पर्दछन् । अघिल्लो निर्वाचनमा यहाँबाट घनश्याम भुसाल विजयी भएका थिए । एमालेबाट भुसालले ३२ हजार ८६६ मत ल्याएर जित निकाल्दा राप्रपाका दिपक बोहरा २७ हजार ४२२ मतसहित पराजित भएका थिए।

यसपटक पाँच दलीय गठबन्धनबाट टिकट पाएको अवस्थामा गृहमन्त्री खाँण निकै सुरक्षित छन् । स्थानीय तहको नतिजाको आधारमा हेर्ने हो भने बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, सुद्धोधन लगायतका पालिकामा कांग्रेसका उमेदवारहरु विजयी भएका छन् । अघिल्लो पटक प्रत्यक्ष निर्वाचनमा सहभागी नभएका खाँण यसपटक भने प्रत्यक्षबाट नै निर्वाचन लड्ने तयारीमा छन् ।

अहिलेसम्मको परिस्थिति हेर्दा रुपन्देही ३ मा एमालेका भुसाल र गठबन्धनका तर्फबाट कांग्रसका खाँणबीच प्रतिष्पर्धा हुने देखिन्छ । एमालेबाट भुसाल नउठेमा तिलोत्तमा नगरपालिकाका निवर्तमान नगरप्रमुख बासुदेव घिमिरे उमेदवार बन्नेछन् । राप्रपाका दिपक बोहोराको क्षेत्र भए पनि अस्वस्थ्य रहेकोले यसपटक उनी प्रत्यक्ष चुनाव नलड्ने संम्भावना रहेको उनीनिकट स्रोतले जनाएको छ । स्थानीय तहको मतपरिणम हेर्दा एमालेलाई यो क्षेत्रमा एक्लै जित्न निकै चुनौति छ । तर, राप्रपासँग तालमेल भएको खण्डमा भने चुनौति गठबन्धनमाथि बढ्ने देखिन्छ ।

यो क्षेत्रबाट सामाजिक अभियन्ता अधिवक्ता प्रख्यात बन्जाडेले पनि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् । उनी नेपाली कांग्रेस निकट हुन् । यसअघिको चुनावमा यो क्षेत्रबाट प्रदेशसभातर्फ एमालेका तुलसी चौधरी र जसपाका सन्तोषकुमार पाण्डेय निर्वाचित भएका थिए । बाह्रखरीबाट साभार

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %