सुद्धोधन ४ मा काङ्ग्रेसको नियमित घरदैलो, वडाअध्यक्षका उम्मेदवार अधिकारी भन्छन : नमुना वडा बनाउछु

सुद्धोधन ४ मा काङ्ग्रेसको नियमित घरदैलो, वडाअध्यक्षका उम्मेदवार अधिकारी भन्छन : नमुना वडा बनाउछु
0 0
Read Time:1 Minute, 45 Second

बुटवल । रुपन्देहीको सुद्धोधन गाउपालिकामा गठबन्धनका उम्मेदवारहरुले नियमित घरदैलो गरेका छन। अध्यक्ष उपाध्यक्ष पदका उम्मेदवार सहित तथा वडा अध्यक्षका उम्मेदवार केशब प्रसाद अधिकारीको नेतृत्वमा टोल टोलमा पुगेर घरदैलो गरिएको हो।
सुद्धोधन ४ मा आमूल परिवर्तन गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताउदै वडाअध्यक्ष पदका उम्मेदवार अधिकारीले आफू यहि जन्मेको र सबै समस्याको बारेमा अवगत रहेकोले उम्मेदवारी दिएको बताए।
उनले अघिल्लो पटक निर्वाचितले जनताका अपेक्षा अनुसारको काम गर्न नसकेको बताउदै आफुले जितेसंगै वडालाई नमुना बनाउने दाबी गरे।
घरदैलोको क्रममा सकारात्मक प्रतिक्रिया आएको बताउदै आफुले सुद्धोधन ४ को बिकासका योजना र भिजन बनाएर काम गर्ने बताए।
सुद्धोधन गाउपालिकामा काङ्ग्रेस र माओवादी बिच तालमेल भएको छ। यहाँ अध्यक्षमा काङ्ग्रेसका विष्णु प्रसाद बस्याल, उपाध्यक्षमा माओवादीकि शारदा भुसाल, वडा अध्यक्षमा काङ्ग्रेसका केशब प्रसाद अधिकारी, वडा सदस्य पदका उम्मेदवारहरु टोल प्रसाद राना र सुकई प्रसाद थारु, महिला सदस्य पदका उम्मेदवार रुक्मणी थारु र दलित महिला सदस्य पदका उम्मेदवार रुपा बिक छन।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %