पठन संस्कृतिको अभावले समाज अराजकतातिर : सभामुख घर्ती
- Lumbini Press
- पुस १४, २०८१
- 250 Shares
-
बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पुस्तक अध्ययन गर्नेहरू कम हुँदै जाँदा समाज अराजकतातिर गइरहेका बताएका छन् । छोटो र हल्का सूचना भएका व्यक्तिहरूले भन्दा पुस्तक अध्ययन गरेका व्यक्तिहरूले समाजमा महत्त्वपूर्ण योगदान दिन सक्ने विभिन्न अध्ययनले देखाएको उनको भनाई छ ।
शनिबार लुम्बिनी वाङ्मय प्रतिष्ठान रुपन्देहीको आयोजनामा साहित्यकार छविलाल पाठकले लेखेको कृति धौलागिरि छायामुनि नामक पुस्तक विमोचन गर्दै उनले पठन संस्कृतिको अभावमा समाज अराजकता तर्फ गइरहेको बताउँदै समाजलाई सकारात्मक दिशातर्फ लैजान साहित्यकारहरूको भूमिका आवश्यक रहेको औँल्याए।
लेखक साहित्यकार छविलाल पाठकले धौलागिरि छायामुनि पुस्तक १० कक्षा अध्ययन गर्दाको अवस्थाको बारेमा वृत्तान्त लेखिएको उल्लेख गरे। उनले दस्ताबेजको रूपमा यसलाई लिइएको उनले बताए। सरकारी सेवाबाट अवकाश प्राप्त पाठक विभिन्न क्षेत्रमा साहित्य कलम चलाउँदै आएका थिए।
कार्यक्रममा संविधान सभा सदस्य नेत्र पन्थी , टिप्पणीकार ऋषिराम भुसाल, वरिष्ठ अधिवक्ता तेज प्रसाद कँडेल, समीक्षक एवं लुम्बिनी बाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजाद, प्रेस स्वतन्त्रता सेनानी डा बालकृष्ण चापागाईँ, साहित्यकारहरू दल बहादुर गुरुङ ,राजेन्द्र कुमार आचार्य लगायतले पुस्तकको गहिराइको बारेमा उल्लेख गरेका थिए। २८१ पृष्ठ लामो पुस्तक इन्डिगाे ईन्क प्रालि काठमाडौँले प्रकाशन गरेको हो।
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

प्रतिकृया दिनुहोस्