एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन

एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन
0 0
Read Time:2 Minute, 18 Second

बुटवल । बुटवल–८ सख्खानगरमा रहेको एभरेष्ट इङ्गलिस माध्यमिक विद्यालयका एक विद्यार्थीले आफैले ड्रोन बनाएर उडाएका छन् ।

कक्षा–१० मा अध्ययनरत विद्यार्थी सोहन घिमिरेले एक–एक सामग्री जोडेर बनाएको ड्रोन शुक्रबार विद्यालयमा उडाएर देखाएका हुन् ।

विद्यालयमा शुक्रबार आयोजना गरिएको बादविवाद प्रतियोगिता कार्यक्रमको दृष्य आफैले बनाएको ड्रोनमा क्यामरा जडान गरि उनले खिचेका थिए ।

परिवारको सहयोगमा थोरै थोरै गरि जम्मा गरेको पैसाबाट आफुले ड्रोन बनाएको उनले सुनाए । ड्रोन बनाउ ४० हजार खर्च लागेको उनले सुनाए ।

आफुलाई ड्रोन उडाउने ठुलो इच्छा पहिलेदेखिनै रहेको सुनाएका सोहनले आफुले पढ्ने विद्यालयको माथीमाथी ड्रोन उढाउन पाउदाँ धेरैनै खुशी लागेको प्रतिकृया दिए । उनले तीनदिनरात नसुती ड्रोन बनाएको बताए ।

बुटवल शिवनगरका विद्यार्थी घिमिरेले विद्यालयमा अध्ययन गरेर बाँकी रहेको समयलाई सदुपयोग गरेर ड्रोन बनाएकोमा विद्यालयले उनको प्रोत्साहनकालागि सम्मान समेत गरेको विद्यालयका सह प्राचार्य भिमसेन गौतमले जानकारी दिए ।

विद्यालयमा पाठ्यपुस्तकमा आधारित अध्ययनसँगै विद्यार्थीको रुचीका आधारमा अतिरिक्त क्रियाकलापमा पनि सहभागि बनाउने गरेको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले बताए ।

उनले विद्यार्थीलाई अध्ययन अलावा उनीहरुकै रुचीका आधारमा ब्यवहारिक शिक्षा समेत दिने गरेको उल्लेख गर्दै विद्यार्थी सोहनले बनाएको ड्रोनले गर्दा विद्यालय परिवारनै गौरवान्वित बनेको भन्दै खुशी ब्यक्त गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %