चर्चाका समाचारहरु

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा संचारमाध्यममा लैंगिक नीति विषयमा बहस

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा संचारमाध्यममा लैंगिक नीति विषयमा बहस
0 0
Read Time:2 Minute, 33 Second

बुटवल ।

आजबाट ३३ औँ अन्तराष्ट्रिय लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सुरु भएको छ । सवैको प्रतिवद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने राष्ट्रिय नाराका साथ याे अभियान सञ्चालन भएकाे छ । सयसैकाे अवसरमा संचारीका समुह लुम्विनी प्रदेशले पनि यसै अवसरमा बुटवलका संचारमाध्यममा लैंगिक नीति विषयमा सम्पादकसंग नीतिगत बहस गरेको छ । रुपन्देहीका संचारमाध्यममा लैंगिक नीति र कार्यान्वयनको अवस्थाका विषयमा कार्यक्रममा छलफल गरिएको हो ।

पत्रकार महासंघका सल्लाहकार डा. बालकृष्ण चापागाईंले पत्रकार संचालक वा मालिक भएर होईन रिपोर्टर भएर काम गर्न सुझाए । उनले संचालक वा मालिक वन्ने होडबाजिले पत्रकारको प्रतिभा मर्ने उल्लेख गर्दै पत्रकारीता मर्न नदिनका लागि रिपोर्टरकै भुमिकामा रहेर काम गर्न आग्रह गरे । डा चापागाइले पत्रकारीता पिडितहरुको पहिलो अदालत भएको भन्दै झुपडिबाट जमिनदारका विरुद्ध आवाज उठाउने पत्रकारीतालाई बचाउनु पत्रकारको दायित्व भएकोमा जोड दिए ।

संचारीका समुह लुम्विनी प्रदेशका अध्यक्ष अमृता अनमोलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार सीपि खनालले हालको मिडियाको स्थितिका विषयमा कार्यपत्र पस्तुत गरेका थिए ।

पत्रकार महांसघ रुपन्देहीका पुर्व अध्यक्ष तथा सल्लाहकार मोहन चापागाईंले प्रमुख टिप्पणीकारको रुपमा सहजीकरण गरेका थिए ।

त्यस्तै कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल ,भरत केसी, मिलन गाहा, अमृत गिरी, हरिष ढकाल, दिनेश पाण्डे, कपिल ज्ञवाली लगायतले संचार माध्यमहरु विस्तारै लैंगिकमैत्री बन्ने प्रकृयामा रहेकोमा नीति भन्दा पनि सोंचमा ध्यान पुर्याउन आवश्यक रहेको धारणा राखेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %