उत्कृष्टताको नमुना तिलोत्तमा, थपियो मेयर फर पिस नामक जापानी संस्थाको सदस्यता

उत्कृष्टताको नमुना तिलोत्तमा, थपियो मेयर फर पिस नामक जापानी संस्थाको सदस्यता
0 0
Read Time:1 Minute, 58 Second

तिलोत्तमा । एकपछि अर्को कार्यमा पहिचान बनाउन सफल रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर फर पिस नामक जापानमा रहेको संस्थाको सदस्यता प्राप्त गरेको छ।

स्थानिय तहहरुको समृद्धिका लागि एकबद्ध हुने उदेश्यका साथ् स्थापित् शान्ति र बिकासका लागि अघि बढेको सो संस्थाको गत भदौ १५ गते सदस्यता प्राप्त गरेको नगरप्रमुख रामकृष्ण खाणले बताए ।

सो संस्थामा १ सय ६६ देशका ८ हजार ३ सय ११ पालिकाहरु आवद्ध छन् भने नेपालमा ३३ वटा पालिकाले सो सदस्यता लिएका छन्।

यस्ता शहरहरुमा रहेका पालिकाहरुले उप-राष्ट्रिय कूटनीतिमा बढ्दो महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। सन् १९८२ मा जापानको हिरोसिमा र नागासाकीका मेयरहरूको नेतृत्वमा शान्तिका लागि मेयरहरूले आणविक हतियाररहित संसार, सुरक्षित र लचिलो शहरहरू, र शान्तिको संस्कृतिको लागि काम गरिरहेका छन्।

जसमा शान्ति प्रत्येक व्यक्तिको लागि प्राथमिकतामा रहेको उल्लेख गरिएको छ।नगर संगै देशका नागरिकको सुरक्षा र सुरक्षा सुनिश्चित गर्ने प्रयासमा, भोकमरी, गरिबी, शरणार्थीहरूको दुर्दशा, मानवअधिकार उल्लङ्घन जस्ता मानव जातिको सहअस्तित्वलाई खतरामा पार्ने प्रत्येक सदस्यको क्षेत्रका लागि फरक फरक समस्याहरूलाई सम्बोधन र समाधान गर्न संस्था क्रियाशील रहेको नगरप्रमुख खाणले बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %