मेयर उपमेयर बिदेश शयर, कार्यवाहकको लागि वडाअध्यक्षहरु बिच विवाद
- Lumbini Press
- अशोज ८, २०८१
- 366 Shares
-
वुटवल । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा गएपछि कार्यवाहकको विषयलाई लिएर वडाध्यक्षहरूबीच विवाद भएको छ ।
नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका छन् । त्यस्तै एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् । तर, कार्यवाहक मेयरबारे आफूलाई केही जानकारी नभएको प्रवक्ता मुक्तिनाथ (भोला) यादवले बताए ।
‘सामाजिक सञ्जालमा मेयर कोरिया र उपमेयर चीन गएको देखेको छु तर मलाई औपचारिकरूपमा कुनै जानकारी नै छैन, सुनेको र फेसबुकमा देखेको भरमा केही हुने कुरा भएन, म प्रवक्ता हुँ तर किन यस्तो भद्रगोल बनाउन खोजियो आश्चर्य लागेको छ’, उनले भने ।
मेयर-उपमेयर दुवैजना औपचारिक बिदाई भएर नगएको टिप्पणी गरे । प्रवक्ता यादवले जसलाई कार्यवाहक दिए पनि सिस्टमअनुसार दिनुपर्ने बताए । उनी राप्रपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।
तर, नगरपालिकाका सूचना अधिकारी चेतनशील लम्साल भने कार्यवाहक मेयर वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुङले पाएको बताउँछन् ।
‘कार्यवाहक १३ का वडाध्यक्ष सोमबहादुर गुरुङले पाउनुभएको छ, हामीलाई यही जानकारी छ’, उनले भने ।
मेयर इस्तियाकले आन्तरिकरूपमा कांग्रेसबाटै निर्वाचित रहेका वडाध्यक्ष गुरुङलाई कार्यवाहक दिँदा प्रवक्ता रहेका वडाध्यक्ष यादव असन्तुष्ट रहेको बताइएको छ ।
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी

प्रतिकृया दिनुहोस्