मेयर उपमेयर बिदेश शयर, कार्यवाहकको लागि वडाअध्यक्षहरु बिच विवाद

मेयर उपमेयर बिदेश शयर, कार्यवाहकको लागि वडाअध्यक्षहरु बिच विवाद
0 0
Read Time:2 Minute, 3 Second

वुटवल । भैरहवास्थित सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयर एकैपटक विदेश भ्रमणमा गएपछि कार्यवाहकको विषयलाई लिएर वडाध्यक्षहरूबीच विवाद भएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर इस्तियाक अहमद खाँ आफ्नो टोलीसहित कोरिया गएका छन् । त्यस्तै एमालेबाट निर्वाचित उपमेयर उमा अधिकारी चीन भ्रमणमा छिन् । तर, कार्यवाहक मेयरबारे आफूलाई केही जानकारी नभएको प्रवक्ता मुक्तिनाथ (भोला) यादवले बताए ।

‘सामाजिक सञ्जालमा मेयर कोरिया र उपमेयर चीन गएको देखेको छु तर मलाई औपचारिकरूपमा कुनै जानकारी नै छैन, सुनेको र फेसबुकमा देखेको भरमा केही हुने कुरा भएन, म प्रवक्ता हुँ तर किन यस्तो भद्रगोल बनाउन खोजियो आश्चर्य लागेको छ’, उनले भने ।

मेयर-उपमेयर दुवैजना औपचारिक बिदाई भएर नगएको टिप्पणी गरे । प्रवक्ता यादवले जसलाई कार्यवाहक दिए पनि सिस्टमअनुसार दिनुपर्ने बताए । उनी राप्रपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

तर, नगरपालिकाका सूचना अधिकारी चेतनशील लम्साल भने कार्यवाहक मेयर वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुङले पाएको बताउँछन् ।

‘कार्यवाहक १३ का वडाध्यक्ष सोमबहादुर गुरुङले पाउनुभएको छ, हामीलाई यही जानकारी छ’, उनले भने ।

मेयर इस्तियाकले आन्तरिकरूपमा कांग्रेसबाटै निर्वाचित रहेका वडाध्यक्ष गुरुङलाई कार्यवाहक दिँदा प्रवक्ता रहेका वडाध्यक्ष यादव असन्तुष्ट रहेको बताइएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %