सन्दुक सहकारीको १४ औं बार्षिक साधारणसभा सम्पन्न
बुटवल । सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्सिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष सोम बहादुर खातीको अध्यक्षतामा बुटवल -७ का वडा अध्यक्ष पदमराज गाहाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाहाले युवाहरुले सन्चालन गरेको संस्था अत्यन्तै राम्रो र उदाहरणिय रहेको बताए । उनले यस संस्थाले गरेका हरेक कामहरु सराहनीय रहेको भन्दै अरु सहकारीहरुले पनि यसबाट सिक्नुपर्ने बताए ।
सोही कार्यक्रममा सहकारीका अध्यक्ष सोम बहादुर खातीले अध्यक्षको बार्सिक प्रतिवेदन, कोषाध्यक्ष अर्जुन गिरीले आर्थिक प्रतिवेदन र लेखा सुपरीबेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक सागर भुसालले प्रस्तुत गर्दै सर्वसम्मतले पारित गरेको छ ।
संस्थाको शेयर पुजी ७० लाख ५६ हजार, निक्षेप बचत ३ करोड ३९ लाख ५ हजार १ सय ६८ रुपैयाँ रहेको र संस्थामा कुल ५ सय ४५ शेयर सदस्य संस्थामा आबद्ध छन् ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुनिता खड्लुक, सहज बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष कमलप्रकाश भुसाल, प्रशिक्षक हुमाकान्त काफ्लेलगायतले बोल्दै पछिल्लो समयमा सहकारी माथी विस्वास घटदै गएको अवस्थामा सन्दुक सहकारीमा सदस्यहरुको वृद्धि हुनु सकारात्मक पक्ष रहेको बताए ।
सोही अवसरमा एसईई र प्ल्सटुमा उत्कृष्ट जीपीए ल्याउने शेयर सदस्यका छोराछोरी मध्ये खुसी राना र कृस्टिना थापा मगरलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत तथा सम्मान गरिएको छ । त्यस्तैगरी शेयर सदस्य वृद्धि गरेकोमा कसिस खाती र ज्येष्ठ शेयर सदस्य राम बहादुर थापासंगै प्रेम कुमारी खाम्चा साथै संस्थाका सल्लाहकार मनोज गौचन, चेतमान श्रेष्ठ र आशिक थापालाई सम्मान गरेको थियो ।
संस्थाले शेयर सदस्यको निधन पश्चात् कल्याणकारी कोषमार्फत मृतक परिवारलाई रु २५ हजार उपलब्ध गराउदै आएको छ भने सुत्केरी भत्ता रु ३ हजार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष सोम खातीले जानकारी गराएका थिए ।
सहकारीका उपाध्यक्ष प्रतिभा पान्डेको स्वागत मन्तव्यमा सन्चालक समिति सदस्य निता पराजुली पाठकले संगीतमय शुभकामनासंगै कार्यक्रमको सन्चालन सचिव मोहन कुमार पान्डेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्