चाडपर्वमा हुने विकृतिको बारे अभिमुखीकरण

चाडपर्वमा हुने विकृतिको बारे अभिमुखीकरण
0 0
Read Time:2 Minute, 12 Second

बुटवल । महिलाहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर बुटवलमा रहेको नागरिक संवाद केन्द्रले विभिन्न आमा समूहहरूलाई अभिमुखीकरण गरेको छ ।

चाडपर्व भित्रँदै गर्दा लंङ्गिक हिंसा र विकृति पनि सँगै भित्रिएकोले यसको नियन्त्रण र सतर्कताको लागि अभिमुखीकरण गरिएको हो ।

कार्यक्रममा अभिमुखीकरण गर्दे अधिवक्ता हेमा न्यौपानेले पहिलेको तुलनामा तिज पर्व तथा चाडबाड मनाउने शैलीमा परिवर्तन आएको भए पनि यससङै बिकिृतिहरु पनि आइरहेको बत्ताइन् ।

न्यौपानेले भड्किलो बन्दै आएको तिजमा कहिकतै सुधार भएको देखिएता पनि यसले समाजमा कहि न कहि हिंसा बढिरहेको र देशको अर्थतन्त्रमा धक्का लाग्न पुगेको बताईन । उनी भन्छिन् यस्ता खालका पर्वले लैगिंक विभेद, आर्थिक हिंसा र सामाजीक हिंसा बढेको देखिन्छ ।

उनले तिजको समयमा पनि हिंसा बढिरहेको बताउँदै यसले समाजमा निकै नराम्रो असर पर्ने भएकोले सबैले यसको विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सहभागी राधा भट्टराईले पछिल्लो समय चाडपर्व संस्कृतिका रूपमा भन्दा पनि देखावटीका रूपमा मनाउने चलन आएको सुनाइन ।

उनी भन्छिन्,‘यस्ता खालका चाडले बिहान साँझ ज्यालादारी गरेर खानेहरूलाई गिज्याइरहेको जस्तो लाग्छ । ’

सहभागी विष्णु बोहराले प्रतिस्पर्धामा मनाई यस्ता खालका पर्वले महिला हिंसाका घटना दिनहुँ बढेको हुँदा अब सरल र सहज किसिमले चाडपर्व मनाइनु पर्ने बत्ताइन ।संवाद केन्द्रले समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल गर्दै आएको छ ।
याे पनि-

नागरिकता विधेयकमाथि बुटवलमा छलफल

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %