अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी

अल्पसंख्यकतर्फ प्रदेश प्रतिनिधिमा प्रेम गौचनको उम्मेदवारी
0 0
Read Time:3 Minute, 9 Second

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नं. २(ख) बाट अल्पसंख्यक क्लस्टरतर्फ प्रदेश प्रतिनिधिमा बुटवल अटो इन्जिनियरिङ एशोसिएसन रुपन्देही–लुम्बिनीका अध्यक्ष प्रेम गौचनले उम्मेदवारी घोषणा गरेका छन्।

व्यवसायी तथा सामाजिक क्षेत्रमा सक्रिय गौचनले कांग्रेसको संगठनलाई थप सुदृढ बनाउन, व्यवसायी तथा श्रमिक वर्गका समस्या पार्टीको नीति निर्माण तहसम्म पुर्‍याउन र अल्पसंख्यक समुदायको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

गौचन लामो समयदेखि अटोमोबाइल तथा इन्जिनियरिङ व्यवसायसँगै सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन्। बुटवल अटो इन्जिनियरिङ एशोसिएसन रुपन्देही–लुम्बिनीको नेतृत्वमा रहेर उनले व्यवसायीका समस्या, पेशागत सुरक्षा, यातायात तथा अटो क्षेत्रसँग सम्बन्धित विषयमा आवाज उठाउँदै आएका छन्।

उनले पार्टीभित्र सबै वर्ग, समुदाय र पेशागत क्षेत्रको सहभागिता र प्रतिनिधित्व आवश्यक रहेको बताउँदै अल्पसंख्यक समुदायका आवाजलाई संगठनको मूलधारमा थप प्रभावकारी रूपमा स्थापित गर्ने आफ्नो उद्देश्य रहेको उल्लेख गरेका छन्।

गौचनले प्रदेश प्रतिनिधिका रूपमा निर्वाचित भए पार्टी संगठनलाई बलियो बनाउन तथा स्थानीय तहमा रहेका कार्यकर्ता र व्यवसायीका समस्यालाई प्रदेश तथा केन्द्रीय तहसम्म पुर्‍याउन भूमिका खेल्ने बताएका छन्।

रुपन्देही क्षेत्र नं. २(ख) मा कांग्रेसको क्षेत्रीय अधिवेशनअन्तर्गत विभिन्न क्लस्टरबाट उम्मेदवारी घोषणा हुने क्रम चलिरहेका बेला गौचनले पनि अल्पसंख्यकतर्फबाट आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्। उनको उम्मेदवारीसँगै क्षेत्र नं. २(ख) को अल्पसंख्यक क्लस्टरतर्फको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

गौचनले आफूलाई मत, साथ र सहयोग गरी प्रदेश प्रतिनिधिका रूपमा निर्वाचित गराउन क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। उनले आफूले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै पार्टी संगठन र समाजका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %