प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बिच भेटवार्ता, समसामयिक राजनीतिक विषयमा छलफल

Read Time:45 Second
बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।
बुधवार बिहान बालुवाटार पुगेर ओलीले समसामयिक राजनीतिक विषयमा देउवासँग छलफल गरेका स्रोतले जनाएको छ ।
पछिल्लो समय सरकारका कामकारवाही र गतिविधिको एमालेले चर्काे आलोचना गर्दै आएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव मंसिर ४ गते हुने गरी घोषणा गरेपछि देउवा र ओलीबीच पहिलोपटक भेट भएको हो ।
लेखकको सम्वन्धमा