बुटवलको वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत, खर्च कमगर्न कर्मचारीकाे ईन्धन र मोबाईलखर्च कटौती

बुटवल । बुटवल उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आइतबार बस्यो । नगरप्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले वार्षिक कार्यसञ्चालन तालिका स्वीकृत गरेको छ । जसअनुसार मंसिर भित्रउपभोक्ता समितिसँग सम्झौता गर्ने र माघ भित्रै ठेक्का प्रक्रियाबाट सञ्चालनहुने योजनाहरुको सम्झौतागर्ने तालिका स्वीकृत भएको नगर प्रवक्ताशिव रानाले जानकारी दिए।
स्वीकृत तालिकाअनुसार साउनदेखि कात्तिकसम्म योजनाहरुको लगत स्टिमेट गर्ने, उपभोक्ता समिति गठन गर्ने र मंसिरमा सम्झौता गरेर जेठसम्म योजना सम्पन्न गर्नुपर्नेछ । क्रमागत योजनाहरु मंसिरसम्म सम्पन्नगर्ने र जेठभित्र योजनाहरुको सुपरिवेक्षण, अनुगमन र फरफारक गरिसक्नुपर्ने गरी तालिका स्वीकृत गरिएको प्रवक्ता रानाले जानकारी दिए।
नगरक्षेत्रभित्रका अव्यवस्थित बसोबासीको जग्गा ब्लक छुट्याउने काम सम्पन्न भएका जग्गाको नाप नक्शांकन प्रक्रिया अघि बढाउने निणर्य बैठकले गरेको छ । बैठकले नगरको खर्चमा मितव्ययिता अपनाउनका लागि कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको इन्धन र मोबाइलखर्च कटौतीगर्ने निणर्य गरेको छ ।
बैठकले बुटवल १५ कर्साघाटमा निर्माण हुने आधुनिकप्रविधियुक्त कृषिउपजथोक बजारसम्बन्धी आयोजना प्राथमिकता प्राप्त आयोजनाका रुपमाअघि बढाउने निणर्य गरेको छ । यस्तै, बैठकले लुम्बिनी बस टर्मिनलको आय ठेक्काको न्यूनतम अंक तोक्ने, आर्थिक कार्यसञ्चालन निर्देशिका २०७८ संसोधन गर्ने, वार्षिक खरिद योजना स्वीकृत गर्ने र कर्मचारी विधेयक २०७९ लोकसेवा आयोगसँग परामर्श गरी अघि बढाउने निणर्य गरेको प्रवक्ता रानाले जानकारी दिए।
लेखकको सम्वन्धमा