मणिउजेशद्वारा झन्डै डेढ सय महिलाको निशुल्क स्वास्थ्य परिक्षण
- Lumbini Press
- असार २३, २०७९
- 151 Shares
-
बुटवल। लायन्स क्लव अफ बुटवल मणिउजेशले महिलाहरुमा देखिने स्वास्थ्य समस्या बारे कपिलवस्तुको बाणगङ्गामा एकदिने निशुल्क स्वास्थ्य शिविर गरेको छ । शिविरमा महिलामा देखिने यौनरोग, सामन्य चिकित्सा, मधुमेह , रक्तचाप, भिजन स्क्यानिङग लगायतको निशुल्क स्वास्थ्य परिक्षण गरिएको क्लवका बर्ष २२/२३ का अध्यक्ष डाक्टर शान्ता शर्माले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा महिलामा देखिने युटीआई, यौनरोग, पाठेघर र स्तनमा देखिने समस्या, मघुमेह, रक्तचाप लगायतका समस्याका बारेमा स्थानीय डेढ सयबढी महिलाहरुले स्वास्थ्य सेवा लिएका थिए । स्थानीय स्वरोजगार लघुबित्तिय संस्था बाणगङ्गाको संयोजनमा कार्यक्रम भएको कार्यक्रम संयोजक सुस्मिता श्रेष्ठले जानकारी दिनुभयो ।
स्त्रीरोग विशेषज्ञ डाक्टर दिक्षा श्रेष्ठ, डाक्टर भगवती पाण्डे, मेडिकल अफिसर डाक्टर नवीन पहारी, डाक्टर शर्मिला गुरुङ, प्रीति शर्मा, आकृति रामदाम लगायतको स्वास्थ्याकर्मीहरुको टिमले स्थानीयको स्वास्थ्य परिक्षण गरेको क्लवका द्वितीय उपाध्यक्ष रितु गुरुङले जानकारी दिनुभयो । क्लवका अध्यक्ष डा शान्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रीक गभर्नर पिएमजेएफ नवराज न्यौपाने, सेकेन्ड भिडीजी पुरुषोत्तम प्राधानाङ्गा, एरिया चिफ माधव खनाल, जोन चियर प्रशन सोनाली गुरुङ र राजेन्द्र थापा लगायतले समय समयमा गरिने निशुल्क स्वास्थ्य शिविरले दुरदराजमा रहेका नागरिकले सहज र सुलभ तरिकाले स्वास्थ्य सेवा पाउने बताउनुभयो । क्लवका उपाध्यक्ष रितु गुरुङ, सृजना श्रेष्ठ, कोषाध्यक्ष सीमा बस्याल पाण्डे, सन्जीवना आचार्य, सुपर्ना बर्नवाल, मनुजा देवकोटा लगायतको सहयोग र संयोजनमा कार्यक्रम सम्पन्न भएको क्लवका सचिब पुस्पा कंडेलले जानकारी दिनुभयो । शिविरमा बिमार पहिचान भएकाहरुलाई निशुल्क औषधि समेत बितरण गरिएको थियो ।
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


प्रतिकृया दिनुहोस्