चर्चाका समाचारहरु

चुनावको मुखमा उद्घाटन भएको बनबाटिकाको भ्युटावर अझै अपुरो, सर्वसाधारण चढ्ने कहिले

चुनावको मुखमा उद्घाटन भएको बनबाटिकाको भ्युटावर अझै अपुरो, सर्वसाधारण चढ्ने कहिले
0 0
Read Time:4 Minute, 24 Second

तिलोत्तमा, २२ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटीकाभित्र भ्युटावर बनिरहेको छ । गत चैत्र १५ गते उक्त भ्युटावरको तामझामका साथ उद्घाटन भयो । एमालेका अध्यक्ष केपी ओलीले भ्युटावरको उद्घाटन गरेका हुन् ।
टावरको माथिल्लो भागमा पुगेर ओलीले दुर्विनबाट वरिपरिको दृष्य नियाले । बनबाटिकाको भ्युटावर उद्घाटन हुँदा देशव्यापी रुपमा चर्चा भएको थियो । एमाले नेतृत्वको सरकारले जनताका आधारभूत कुरामा ध्यान नदिएर भ्युटावरमा राज्यको पैसा खन्याएको भन्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा व्यापक आलोचना पनि भएको थियो ।
कुनै पनि संरचना उद्घाटन भएपछि सञ्चालन भएको बुझिन्छ । उद्घाटनको समाचार हेरेका र सुनेका धेरैलाई शंकरनगर बनबाटीका घुम्न जाँदा भ्युटावर चढ्न पाइन्छ कि भन्ने लागेको पनि होला । तर भ्रममा नपर्नुस् । बनबाटिका पुग्दैमा टावरमा चढ्न पाइँदैन ।
शंकरनगर बनबाटीकाका एक सदस्यका अनुसार नागरिकहरु भ्युटावरको उचाइमा पुग्न कम्तिमा पनि साउनसम्म पर्खनुपर्ने हुन्छ । ‘संरचना बनेको हो । भित्र डेकोरेसन लगायतका काम भइरहको छ । साउन १ गतेबाट सञ्चालनमा आउन सक्छ ।’ ति सदस्यले भने ।
भ्युटावर बनाएको जस एमाले रआँफूमाथि थोपर्न मेयर बासुदेव घिमिरेले हतार हतार भ्युटावरको उद्घाटन गराएका हुन् ।
बैशाख ३० गते हुने स्थानिय चुनावको लागि चैत्र २५ गतेबाट आचारसंहिता लागु भएको भयो । आचारसंहिता लागू हुन भन्दा १० दिन अघि एमालेले भ्युटावर बनायो भन्ने सन्देश दिन उदघाटन नै नभइकन केपी ओलीबाट उद्घाटन गराएका हुन् ।
अपुरो अवस्थामा भ्युटावरको उद्घाटन त एका तर्फ छँदै छ । भ्युटावरको निर्माणको लागि ठूलो रकम खन्याइएको छ ।

यसको लागत झण्डै १४ करोड छ । जस मध्ये तिलोत्तमा नगरपालिकाले ७० प्रतिसत र बनबाटीकाको ३० प्रतिसत लगानी रहेको छ । नगरपालिकाले अनावश्यक ठाउँमा बढि पैसा खन्याएको भन्दै आलोचना पनि भएको छ । भ्युटावर बनाउने रकमबाट जनताका थुपै्र समस्या हल गर्न सकिने नगरबासीहरु बताउँछन् ।
नगरपालिकामा अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका थुपै समस्या छन् । अनावश्यक पूर्वाधारमा खर्च हुने रकमले सामुदायीक विद्यालयमा शैक्षिक सुधार, स्वास्थ्य केन्द्रमा आधारभूत संरचना, कृषि उत्पादन, रोजगार प्रवद्र्धन लगायतका काम गर्न सकिने तर्फ पनि बहस हुने गरेको छ ।
कांग्रेसबाट तिलोत्तमाको मेयरको उमेदवार बनेका रामकृष्ण खाणले एमाले नेतृत्वको नगरपालिकाले अनावश्यक ठाउँमा लगानी गरेको आरोप लगाए । नगरपालिकामा कांग्रेसको नेतृत्व आएमा भ्युटावर भन्दा जनताको समस्या हल गर्न तर्फ योजना ल्याउने खाणले घरदैलो कार्यक्रममा बताउँदै आएका छन् ।
भ्युटावरले पर्यावरणलाई पनि असर गरेको छ । शंकरनगर बनबाटीका सामुदायिक बनको जग्गामा पर्दछ । बन क्षेत्रमा जथाभावि कंक्रिटको संरचना बनाउँदा त्यहाँको पर्यावरण विग्रने र वन्यजन्तु तथा चराचरुङ्गीहरुलाइ समेत त्यसले प्रत्यक्ष असर पर्ने वातावरण विदहरु बताउँछन । वन क्षेत्रको प्राकृतीक सुन्दरतामा पनि हा्रस आउने उनीहरु बताउँछन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %