नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया

नमस्ते एकेडेमीमा लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया
0 0
Read Time:1 Minute, 57 Second

बुटवल । रुपन्देहीको तिलोत्तामा नगरपालिकामा रहेको नमस्ते एकेडेमीले लुम्बिनी, बुद्ध र बुद्धको जीवनीको बिषयमा अन्तरक्रिया गरेको छ ।

नमस्ते एकेडेमी र लुम्बिनी बौद्धिष्ट युनिभरसिटिको सहकार्यमा भएको कार्यक्रममा बुद्धसंग सम्बन्धीत बिषयमा बिद्यार्थीले लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा. निमा शेर्पा, बिश्व बिद्यालयमा अध्ययनरत रोशनी गुरुङ, चुङगुडा गुरुङले बिद्यार्थीले सोधेका प्रश्नका बिषयमा जानकारी दिएका थिए ।

बिद्यालयले बुद्धिजमका बिषयमा बुद्धले प्राप्त गरेको ज्ञान, ध्यान, बुद्ध र बुद्धका अनुयायीले लगाउने बस्तका बिषयमा जानकारी लिएका थिए । समुहगत छलफल कार्यक्रमको सञ्चालन कक्षा १० मा अध्ययनरत बिद्यार्थी बिष्णु यादव र मोहम्मद अबुजरले गरेका थिए ।

एक घण्टा सम्म चलेको कार्यक्रममा ध्यान सिकाउनका साथै ध्यानका फाईदाका बिषयमा बिद्यार्थीहरुलाई जानकारी दिईएको थियो । बिद्यार्थीहरुलाई लुम्बिनी बौद्ध बिश्व बिद्यालयका प्रोफेसर डा.निमा शेर्पाले जानकारी दिएका थिए ।

विद्यालयका सञ्चालक श्यामलाल खरेल प्रमुख अतिथी रहेको कार्यक्रमको अध्यक्षता प्रधानाध्यापक जिग्मी शेर्पाले गरेका थिए भने कार्यक्रम सञ्चालन सहप्रधानाध्यपक लिलामण्डी पाण्डेले गरेका थिए ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %