देवदहको शिक्षा समिति बैठकले गर्यो यस्ता निर्णय
बुटवल । देवदह नगरपालिका शिक्षा समितिकाे बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ। नगरप्रमुख धुर्व प्रसाद खरेलको अध्यक्षतामा नगर उपप्रमुख तथा शिक्षा समिति सह संयोजक बिद्यालक्ष्मी गुरुङ, शिक्षा प्रमुख टिकाराम शर्माको उपस्थितिमा भएको बैठकले विभिन्न निर्णय गरेको छ।
भर्खरै सम्पन्न भएको कक्षा ८ को २०७९ परीक्षाको नजिताको गम्भिर समिक्षा भएको छ। सामुदायिक र संस्थागत बिधालयको नतिजा सन्तोषजनक नभएको हुँदा सम्पुर्ण बिधालयले आगामी बर्षको शैक्षिक नतिजा सुधार गर्न सबै लागिपर्ने र नगरपालिकाले सम्बन्धित सरोकारवाला निकायसङ्ग अन्तरकिर्या गर्ने निर्णय समेत गरेको छ। साथै उच्च शिक्षा अध्यनको लागि बिद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले देवदह नगरपालिकाले आर्थिक बर्ष २०७९/८० बार्षिक कार्यक्रम , निति तथा कार्यक्रम र बिनियोजित बजेट रु २,५०,०००/ बजेट अनुसार नगरपालिकाले सुचना जारी गरे अनुसार प्राप्त निबेदनका आधारमा विभिन्न बिद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययन प्रोत्साहन छात्रवृत्तिको ब्यवस्था गर्ने निर्णय गरेको छ। जसमा
१. अन्जु ज्ञवाली देवदह ९, रु १ लाख MBBS
२. अनुराधा पाण्डेदेवदह ८ , रु ५० हजार BSC CSIT
३. सुप्रज्ञा न्यौपाने देवदह ४, रु ५० हजार Civil Engineer
४. कल्पना खनाल देवदह ५, रु ५० हजार bsc. agricultural
त्यस्तै देवदह नगरपालिकाले नमुना आधारभुत विधालय छनौट सम्बन्धमा छनौट समिति समेत गठन गरेकाे छ । जसमा टिकाराम शर्मा संयोजक,कृष्ण प्रसाद पौडेल सदस्य ,झबिन्द्र पाण्डे सदस्य,ऋषिस्वर अर्याल सदस्य र पर्सुराम ढकाल सदस्य सचिव रहनुभएकाे छ। देवदह नगरपालिकाकाे स्थानीय पाठ्यपुस्तक लेखन तथा प्रकाशन एक हप्ता भित्र सकिने हुदा यहि शैक्षिक सत्रबाट सामुदायिक तथा संस्थागत विधालयमा अनिवार्य रुपमा लागू गर्ने निर्णय समेत गरेको नगरप्रमुख धुर्ब् खरेलले जानकारी दिनुभयो ।
आगामी शैक्षिक सत्रदेखि सबै सामुदायिक र संस्थागत बिधालयले ११ र १२ का दिवा कक्षा संचालनको नगरसभाको पुर्वनिर्णय अनिवार्य कार्यान्वयन गर्ने, ( जिल्ला भरिका स्थानीय पालिकाको संयुक्त बैठकबाट बाहिरी क्षेत्रका विधालयले देवदहबाट बिहानी सत्रका बिद्यार्थी लैजान नपाउने निर्णय समेत गरिसकेको छ।
त्यस्तै देवदहका सामुदायिक विधालय सुधार गर्न सबै माध्यमिक विद्यालयमा मा. बि शिक्षक दरबन्दी मिलान गर्ने उदेश्यले शिक्षकहरूलाई विभिन्न बिधालयमा काज सरुवा गर्ने निर्णय समेत गरेको छ। आवश्यकता र कार्यसम्पादनको आधारमा अन्य शिक्षकहरुको पनि सरुवा गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष गणेश डुम्रेले बताउनुभयो ।
साथै उक्त बैठकले देवदह प्राबिधिक शिक्षालय स्थापना र संचालन सम्बन्धमा अध्यन गर्न कार्यदल समेत गठन गरेकाे छ ।जसको संयाेजकमा टिकाराम शर्मा रहनुभएकाे छ भनेे सदस्यहरूमा मित्रलाल न्यौपाने ,गणेश डुम्रे ,हरि प्रसाद पाण्डे ,ऋषिस्वर अर्याल ,कृष्ण प्रसाद पौडेल ,निर्मल ढुंगाना ,झबिन्द्र प्रसाद पाण्डे रहनुभएकाे छ भने सदस्य सचिवमा पर्शुराम ढकाल रहनुभएकाे छ।
अनुजा मिडिया प्रा लि काठमाडौंद्वारा देशभरका २० बेस्ट प्रिन्सिपल अवार्डबाट देवदह नगर शिक्षा समिति सदस्य कृष्ण प्रसाद पौडेल सम्मानित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरी देवदहमा रहेका शैक्षिक संस्थाको ३०० मिटर वरिपरि कुनै पनि सुर्तीजन्य र लागू औसधजन्य पदार्थ बेचबिखनमा पुर्ण प्रतिबन्ध लगाउन नगर कार्यपालिकामा सिफारिस गर्ने निर्णय समेत गरेको छ।


प्रतिकृया दिनुहोस्