रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान

रोहिणीको बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान
0 0
Read Time:1 Minute, 57 Second

भैरहवा ।रुपन्देहीको रोहिणी गाउँपालिकाले रोहिणी–३ स्थित बैकुण्ठपुर चोकमा हाईमास्ट सडक बत्ती (लाइट) जडान गरेको छ । यात्रु तथा स्थानीयबासीलाई रातीको समयमा यात्रा गर्न तथा चोक वरपर उज्यालो राख्न हाईमास्ट लाइट जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

सडक बत्तीमार्फत ‘उज्यालो रोहिणी’ गाउँपालिका बनाउने अभियानमा रहेको अध्यक्ष यादवले बताए । यसअघि रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा हाईमास्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । ‘मुख्य चोकहरुमा सडक बत्ती जडान हुँदा यात्रु तथा स्थानीयबासीलाई सहज हुने, सडक दुर्घटना तथा अन्य घटना न्यूनीकरणमा समेत सहयोग पुग्नेमा विश्वस्त छौं,’ उनले भने ।

हाईमास्ट सडक बत्ती जडान भइसकेपछि स्थानीयबासी हर्षित भएको रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले बताए । भैरहवा–परासी सडकखण्ड अन्तर्गत बैकुण्ठपुरमा हाईमास्ट लाइट जडान भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । यो हाईमास्टको क्षमता ४ सय वाट रहेको छ ।

हाईमास्ट सडक बत्ती (लाइट) को आइतबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव र वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %