अब सिक्सलेन तिलोत्तमा खण्डको १३ किलोमिटर सडकमा फ्रि वाईफाई, अत्यवश्यक काम गर्न निकै प्रभावकारी हुने दाबी

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालनमा आएको छ ।
लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सुचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सेवाको सोमबार मणिग्राममा एक कार्यक्रमका बिचमा शुभारम्भ गरिएको हो ।
सेवाको शुभारम्भ गर्दे तिलात्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा बिदेशबाट आएकाहरुको र स्थानीयलाई पनि सहज ईन्टरनेट प्राप्तीको लागि यो कार्यक्रम शुभारम्भ गर्न लागिएको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले जानकारी दिए ।
उनले भने,‘हाईवे क्षेत्रमा आउने पर्यटक एव महत्वपूणर् काम गर्नको लागि ईन्टरनेट नहुँदा समस्या हुने गरेका समस्याहरु आएकोले यो कार्यक्रमलाई निकै महत्वकासाथ हेरेका छौँ । यसले राम्रो प्रभाव पर्नेछ ।’
कार्यक्रममा बोल्दै उपप्रमुख जागेश्वरी देवी चौधरीले यहाँका स्थानीयहरुलाई निकै महत्वपूणर्काम गर्नको लागि सहजता हुने विश्वासका साथ यो सेवाको शुभारम्भ गरेको बताईन् । उनले यो सेवाले तिलोत्तमा क्षेत्रमा आउने पर्यटकलाई समेत निकै फाईदा पुग्ने विश्वसा ब्यक्त गरिन् ।
योगिकुटिदेखि कोटहिवासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइसहरु जडान गरिएको नगरपालिका सूचना प्रविधी उपशाखा प्रमुख सुदिप ढकालले बताए । एक ठाउँमा कनेकशन गरेपछि सो सडकखण्ड भरि वाईफाईले काम गर्ने बताए ।
एउटा डिभाइसले एक पटकमा २५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहेता पनि अहिले तत्कालको लागि १०० वटा डिभाइस कनेक्ट हुने र टिकटक भने चलाउन नमिल्ने सुचना प्रविधि उपशाखाका प्रमुख ढकालले बताए ।
कनेक्ट गर्ने वित्तिकै एउटा हट स्पोट खुल्ने त्यसलाई लगइन गरेर इन्टरनेट चलाउन सकिने उनले बताए । साथै नगरपालिका भित्रका व्यवसायहरु के के छन् त्यसको सम्पूणर् विवरण र तिलोत्तमको सबै विवरण जेठ मसान्त भित्रमा वाईफाई खोले पछि हेर्न सक्ने गराइने बताए । वाईफाई जडान गर्दा करिब ८५ लाख खर्च लागेको प्रमुख ढकालले बताए ।
यो पनि
बुटवल बेलहीया सिक्सलेन तिलोत्तमा खण्डमा फ्रि वाईफाई, पाेल पाेलमा राउटर
लेखकको सम्वन्धमा