एनएमबि बैंकका ग्राहकलाइ न्यु सनलाइट होटल एन्ड पार्टी प्यालेस खैरेनीमा १५% छुट
- Lumbini Press
- बैशाख ३, २०८०
- 360 Shares
-
बुटवल । एनएमबि बैंक र रुपन्देहीको देवदह खैरेनी स्थित न्यु सनलाइट होटल एन्ड पार्टी प्यालेस बीच एक सम्झौता भएको छ। सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले न्यु सनलाइट होटल एन्ड पार्टी प्यालेसबाट प्रदान गरिएको सम्पूर्ण फुड तथा व्याबरेज आइटमको मुल्यमा १५% छुट पाउनेछ्न ।
नयाँ बर्ष २०८० को अवसर पारेर एनएमबि बैंक लिमिटेड र न्यु सनलाइट होटल एन्ड पार्टी प्यालेस बिच सम्झौता भएको हो । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट र न्यु सनलाइट होटल एन्ड पार्टी प्यालेसका संचालक सरोज कुमार जिसिले हस्ताक्षर गरेका छन ।
एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र न्यु सनलाइट होटल एन्ड पार्टी प्यालेसका ब्यवस्थापक सरु जिसिले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए। सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।
सम्झौताले एनएमबि बैंकका सम्पूर्ण कर्मचारी एवं एनएमबि बैंकमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहकहरु सो सुबिधा लिइ लाभान्वित हुने बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बताए । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंकको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने बताए।
न्यु सनलाइट होटल एन्ड पार्टी प्यालेस रुपन्देही जिल्लाको देवदह खैरेनीमा अत्याधुनिक सेवा सहित संचालनमा छ। यस क्षेत्रको एक उत्कृष्ट सुविधासप्पन्न रिसोर्ट रहेको संचालक सरोज कुमार जिसिले बताए । सस्तो मुल्यमा गुणस्तरीय सेवा पाइने उहाँको दावी छ । रिसोर्टमा सफा, ताजा र स्वादिष्ट आइट्महरु पाइन्छन । सुबिधा सप्पन्न आधुनिक बातानुकुल डिलक्स कोठाहरु, कन्फ्रेन्स हल, बैन्कुट हल, प्रयाप्त पार्किङ स्थल रहेको छ ।
जसमा विवाह, बर्तबन्ध, सेमिनार लगायतका कार्यक्रमहरु गर्न सकिनेछ। रिसोर्टमा नेपाली, इन्डियन, चाइनिज, इटालियन कन्टीनेन्टल खानाका स्वादिष्ट परिकारहरु सुपथ मुल्यमा पाइने ब्यवस्थापक सरु जिसिले बताए ।
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

प्रतिकृया दिनुहोस्