तराईका जिल्लामा आज होली मनाइँदै
- Lumbini Press
- फाल्गुन १९, २०८२
- 81 Shares
-
वुटवल। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ ।
हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रंगीचंगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ ।
त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
- ‘ह्वाइट एलिफेन्ट’ बन्ने जोखिममा बिआईसिसि, पुनर्जीवनका लागि अभियन्ता प्रकाशका ७ उपाय
- रास्वपाको केन्द्रिय सदस्यमा अमृत भुसालको उम्मेदवारी घोषणा
- होराइजन गौतम बुद्ध मा.वि.मा अभिमुखीकरण कार्यक्रम सम्पन्न
- लुम्बिनीमा सडक दुर्घटना ः मृतकहरुको ग्राफ उकालो लाग्दै
- गणतन्त्र दिवसमा लुम्बिनीले दुईदिन कार्यक्रम गर्ने
- कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना : ३८ जना घाइते
- बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार सम्पन्न
- दीप बोर्डिङबाट ७ जना विद्यार्थीले एसईईमा ४ जिपिए ल्याए
- प्रदेश सभामा चर्कियो बहस : बजेटदेखि सुशासनसम्म सरकारलाई दबाब
- घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

प्रतिकृया दिनुहोस्