सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी
- Lumbini Press
- चैत्र ५, २०८१
- 67 Shares
-

वुटवल । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अनेरास्ववियुका विज्ञान पाण्डे विजयी भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनबाट अखिल संयुक्तबाट उम्मेदवार बनेका विज्ञान पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । अखिल संयुक्त प्यानलका उम्मेदवार पाण्डेले ३१३ मत प्राप्त गरी निर्वाचित हुँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) का मौसम थापा मगरले २५२ मत प्राप्त गरे । स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार बनेका विशाल पौडेलले ६९ मत पाए ।
सचिवमा अखिल संयुक्त प्यानलका हिम नारायण पौडेलले ३३३ मत पाएर विजयी भए । सचिवमा नेविसंघका उम्मेदवार विष्णु ढकालले ३२६ मत प्राप्त गरे । कोषाध्यक्षमा अखिल संयुक्त प्यानलकी मेलिना पुलामी मगरले ३५८ मत पाएर निर्वाचित हुँदा नेविसंघबाट कोषाध्यक्षका उम्मेदवार सुभाष पाण्डेले ३०९ मत प्राप्त गरे ।
त्यस्तै, सदस्यहरुमा अखिल संयुक्त प्यानलका नै सबै उम्मेदवार विजयी भए । विजयी हुनेमा सन्दिका बन्जाडे (३४५), अमृत विक (३४९), अमित थारु (३४०), आशिका काफ्ले (३५१) र मयंक कार्की (३७९) मतसहित विजयी भएका छन् । ८७२ मतदाता रहेको क्याम्पसमा ६९६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
- यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
- नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
- पाल्पामा एक महिला मृतावस्था फेला
- आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने
- बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै
- रूपन्देहीका दुई स्थानबाट सशस्त्रद्वारा ३६ लाख बढीको भन्सार छलीको सामान बरामद
- कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
- अर्घाखाँचीका किसानलाई मौरी वितरण
- कांग्रेस-एमालेका नेतासँगको संवादपछि सरकार टिक्दैन भनेको हो : प्रचण्ड
- जमुनाह नाकामा कडाइ
-
आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने
बैशाख १६, २०८२ -
पाल्पामा एक महिला मृतावस्था फेला
बैशाख १६, २०८२
प्रतिकृया दिनुहोस्