सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी
- Lumbini Press
- चैत्र ६, २०८१
- 316 Shares
-
वुटवल । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रुपन्देहीको सैनामैनास्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अनेरास्ववियुका विज्ञान पाण्डे विजयी भएका छन् ।
मंगलबार सम्पन्न निर्वाचनबाट अखिल संयुक्तबाट उम्मेदवार बनेका विज्ञान पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् । अखिल संयुक्त प्यानलका उम्मेदवार पाण्डेले ३१३ मत प्राप्त गरी निर्वाचित हुँदा नेपाल विद्यार्थी संघ (नेविसंघ) का मौसम थापा मगरले २५२ मत प्राप्त गरे । स्वतन्त्रबाट अध्यक्षको उम्मेदवार बनेका विशाल पौडेलले ६९ मत पाए ।
सचिवमा अखिल संयुक्त प्यानलका हिम नारायण पौडेलले ३३३ मत पाएर विजयी भए । सचिवमा नेविसंघका उम्मेदवार विष्णु ढकालले ३२६ मत प्राप्त गरे । कोषाध्यक्षमा अखिल संयुक्त प्यानलकी मेलिना पुलामी मगरले ३५८ मत पाएर निर्वाचित हुँदा नेविसंघबाट कोषाध्यक्षका उम्मेदवार सुभाष पाण्डेले ३०९ मत प्राप्त गरे ।
त्यस्तै, सदस्यहरुमा अखिल संयुक्त प्यानलका नै सबै उम्मेदवार विजयी भए । विजयी हुनेमा सन्दिका बन्जाडे (३४५), अमृत विक (३४९), अमित थारु (३४०), आशिका काफ्ले (३५१) र मयंक कार्की (३७९) मतसहित विजयी भएका छन् । ८७२ मतदाता रहेको क्याम्पसमा ६९६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

प्रतिकृया दिनुहोस्