विश्व बैङ्कको ५९ करोड सहयोगमा तिलोत्तमामा निर्माण हुने सडकको शिलान्यास

विश्व बैङ्कको ५९ करोड सहयोगमा तिलोत्तमामा निर्माण हुने सडकको शिलान्यास
0 0
Read Time:5 Minute, 17 Second

बुटवल । विश्व बैङ्कको सहयोगमा रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माणाधीन सडकको स्तर उन्नति हुने भएको छ । तिलोत्तमा ९ मंगलापुर देखी कान्छी बजार जोड्ने सडकको बिहीबार एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो । 
४.८६ किलोमिटर लम्बाइको सडकको विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभों, र तिलोत्तमा नगरपालिकाका प्रमुख उपप्रमुखले शिलान्यास गरेका हुन् । 
शिलान्यास पश्चात् तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै विश्व बैकका कन्ट्री म्यानेजर फारिस हाडाड जेभोंले नेपालका १० स्थानीय तहलाई कार्यक्रम दिएको मध्य तिलोत्तमा नगरपालिले काम सुरु गरेको बताउँदै खुसी व्यक्त गरे । 
कृषि उत्पादन र बजारीकरणको लागि सहजता होस भन्ने उद्देश्यले ऋण सहयोग गरेको उनले बताए । 
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले निर्माणाधीन सडक समयमा नै सम्पन्न हुने बताउँदै यो सडकले त्यस क्षेत्रका व्यक्तिहरूलाई आर्थिक उपार्जनमा जोड्ने बताए । उनले कृषिलाई आर्थिक विकास सँग जोडेर बाटो बनाउन  विश्व बैङ्कले सहयोग गरेको बताउँदै यो सडक निर्माणमा सहयोग गर्न स्थानीयहरूलाई आग्रह गरे । 
उनले बजारका सहरी सडकहरु जस्तै सडक बन्ने बताउँदै कृषि उत्पादन, बजारीकरण, आवतजावत, अन्तर्राष्ट्रिय विमानस्थल तथा सिमानाका पुग्न सहजता र आन्तरीक पर्यटक भित्राउनको लागि निकै महत्त्वपूणर् साबित हुने बताए । 
उनले अहिले सडकको लम्बाई ४.८६ किलोमिटर रहे पनि अझै १.६ किलोमिटर थप्ने पहल गरेको बताउँदै विश्व बैक सँग थप प्रयास गर्ने बताए । 

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरी देबी चौधरीले निर्माणाधीन सडकले तिलोत्तमा ७-९ का स्थानीयलाई निकै फाइदा पुग्ने बताउँदै समयमा नै सम्पन्न गर्नमा सहयोग गर्न आग्रह गरिन् । 
तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सडकको २०७९ भदौ २३ गते देखी सम्झौता सुरु भएको बताउँदै अहिले सम्म १४ प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनका साइट क्लिरियन्स तटबन्ध भर्ने, ढुङ्गा चिन्ने लगायतका कामहरू भई रहेका छन् । 
नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्ट अन्तरगत निर्माणाधीन सडक २०८१ भदौ २२ गते सम्पन्न गर्ने गरी ५९ करोड ३ लाख ८ हजार ८९० रुपैयाँमा
शर्मा सगुन जेभी बुटवललले ठेक्का पाएको नगरपालिकाका इन्जिनियर प्रदीप बलले जानकारी दिए। उनका अनुसार सडकको चौडाइ १३ मिटर सम्म हुनेछ । नाली माथि २.७५ मिटर फुटपाथ हुनेछ । १२ वटा बक्स र १५ वटा पाइपका कल्भर्टहरू निर्माण हुने छन् । 
नेपाल उर्बन गभरमेन्स एण्ड ईन्फाइस्टक्चर प्रोजेक्टका निर्देशक रवीन्द्र बोहराले सडक निर्माणमा गुणस्तरीय सामाग्रीहरूको प्रयोग गर्दै आएको बताउँदै यसको नियमित निरीक्षण र अनुगमन आवश्यक रहेकोमा जोड दिए । 
कार्यक्रममा बोल्दै तिलोत्तमा ७ का अध्यक्ष देवी प्रसाद पङ्गेनी र ९ का अध्यक्ष ध्रुव न्यौपानेले सडक निर्माण हुनु निकै खुसीको कुरा रहेको बताउँदै यो सडक निर्माणलाई समयमा नै सम्पन्न गर्नको लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । 
कार्यक्रममा उद्योग वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणनिधि भण्डारी, सबिता थापा लगायतले बोलेका थिए । सडक शिलान्यास पश्चात् विश्व बैंकका प्रतिनिधि , प्रोजेक्टका सदस्यहरू तथा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले ठेकेदार कम्पनीले निर्माणमा प्रयोग गर्ने सामाग्री तथा गर्ने परीक्षण सम्बन्धी ल्याब र निर्माण हुने सबै सडक क्षेत्रको अनुगमन समेत गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %