सैनामैनामा आजदेखि पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु

सैनामैनामा आजदेखि पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु
0 0
Read Time:6 Minute, 28 Second

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा वुधवारदेखि सैनामैना महोत्सव सुरु भएको हो ।
फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलाको लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले एक समारोहकाबिच समुद्घाटन गरे।
समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य भूमिश्वर ढकालले नगरमा आयोजित यस मेलाले सैनामैनाको विकासलाई देशव्यापी रुपमा परिचित गराउन सफल भएको बताए।
उनले मेलाले नगरमा रहेका धार्मिक एवम् पर्यटकीय स्थल, कला र संस्कृतिहरुको पहिचान एवम् यहाँ रहेका सबै सामाजिक संघ संस्थाहरुको बिचको एकतालाई अझै मजबुत बनाउने बताए।
ढकालले सैनामैना आधुनिक नगरको रुपमा विकसित भइरहेको पालिका रहेको बताउँदै मेलाले विकासका लागि एक कोसेढुङ्गा साबित गर्ने विश्वास लिएको समेत उल्लेख गरे।

देश आर्थिक रुपमा अप्ठ्यारो परिस्थितिमा रहेको र उद्योगी व्यापारीका सम्वन्धमा पनि भन्सार, कर लगायतका अनेकौ समस्या रहेकोमा यि समस्या समाधान गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने ढकालको भनाइ छ । साथै मेलामा कृषि उत्पादन, हस्तकला, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा ढकालले जोड दिए।
सैनामैना नगरपालिका प्रमुख फणिन्द्र प्रसाद शर्माले मेलाले आर्थिक रुपमा चलायमान बनाउन महत्वपूणर् भूमिका खेल्ने बताए। उनले मेलामा कृषिमा आधारित व्यापार पवद्र्धन गर्नुपर्नेमा जोड दिदैँ स्थानीय सरकार सहयोगका लागि सदैव साथमा रहेको बताए।
महोत्सवमा १ लाख दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले बताए। मेलामा करिब १ सय ५० स्टल रहेका छन् ।
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मस लुम्विनी प्रदेशका महासचिव जेपी कंडेल, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम खड्का लगायतले बोल्दै उद्योगी व्यवसीयहरु समस्यामा परेको गुनासो गरे। यसको समाधानका लागि तिनै तहका सरकारको आवश्यकता रहेको औल्याए।
समुद्घाटन समारोह महोत्सव मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलको अध्यक्षता, लुम्विनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा प्रदेश सभा सदस्य कमला विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागार्ई, सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्मा, सैनामैना उपप्रमुख विना राना, पूर्व नगरप्रमुख चित्र बहादुर कार्की, मेलाका मुख्य प्रायोजक पुनम गुप्र प्राइभेट लिमिटेडका चेयरपर्सन प्रदिप गौतमको विशिष्ठ आतिथ्यता एवम् संघका पूर्व अध्यक्ष दुर्गा गौतम, विज्ञापन संकलन उपसमिति संयोजक मिन प्रसाद पौडेल, वडा नंं ४ का वडाध्यक्ष रामप्रसाद अधिकारी लगायतको आतिथ्यतामा भएको हो ।
महोत्सवमा संघका उपाध्यक्ष देवीदत्त सुवेदीको स्वागत तथा महासचिव हरिलाल न्यौपाने, परिचय पत्र व्यवस्थापन तथा पत्राचार वितरण उपसमिति संयोजक भिमलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधी, विभिन्न राजनीतिका दलका प्रमुख तथा प्रतिनिधी, अन्य सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधी, व्यापारी लगायतको सहभागिता रहेको थियो ।
मेला प्रवेशका लागि टिकटको दर रु.७० र विद्यार्थीहरुका लागि परिचय पत्रका आधारमा रु.५० कायम गरिएको छ । यस्तै जेष्ठ नागरिक, अपाङ्गता, असहाय भएका ब्यक्तिहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
महोत्सवमा जनचेतनामुलक र्याली निकालिएको थियो। पूर्वबाट रानिबगिया र पश्चिमबाट मुर्गियादेखि विभिन्न संघसंस्था, टोल विकास संस्था, आमा समुह, क्लव, नेपाल मगर संघ, सैनामैना, ओम शान्ति, नेवाः देय् दबु, सैनामैना , क्षेत्री समाज, थारुको संस्कृति रहन सहन, पञ्चे बाजासहितको जनचेतनामुलक र्याली निकालिएको सैनामैना व्यापार संघले जनाएको छ ।
सहभागि र्याली मध्ये नेवाः देय् दबु, सैनामैना प्रथम, क्षेत्री समाज, सैनामैना द्धितीय र नेपाल मगर संघ सैनामैना तृतिय भएको मूल्यांकन उपसमितिका संयोजक खुसीराम चौधरीले जानकारी दिए।
यो पनि
पाचौं राष्ट्रिय सैनामैना महोत्सव भोलि देखि

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %