अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबलमा बुटवल बिजयी

अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबलमा बुटवल बिजयी
0 0
Read Time:3 Minute, 28 Second

बुटवल । बुटवल उपमहानगरपालिकाको ६४औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तरगत शनिबार अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल भएको छ। बुटवल उपमहानगरपालिका र रूपन्देहीका अन्य पालिकाको संयुक्त टीमका बीचमा भएको खेलमा बुटवलका जनप्रतिनिधिले ८ गोल गरेका छन्। संयुक्त टीमले ८ का विरूद्ध ४ गोल गरेको थियो। फुटबल कार्यक्रमको समापनका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले अन्तरपालिका फुटबलले आपसी सम्बन्ध बलियो बनाउने बताउनुभयो।
स्थापना दिवसको अवसर पारेर शुक्रबारदेखि नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाइ समितिको आयोजनामा रक्तदान, मैत्रीपूर्ण फुटबल, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगितालगायतका कार्यक्रम शुरु भएका हुन् ।
उपमहानगरपालिकाको ६४अ‍ौ स्थापना दिवसको अवसरमा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । उहाले मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरुले मैत्रीपूर्ण भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख सावित्रादेवी अर्यालले सिर्जनात्मक कार्यक्रमले आपसी सम्बन्ध बलियो बनाउन मदत पुर्‌याउने बताउनुभयो । कर्मचारी एशोसिएशनका अध्यक्ष अनिल कुमार माण्डब्यले सप्ताहव्यापी कार्यक्रमअन्तरगत शुक्रबार अन्तरपालिका महिला भलिवल प्रतियोगिता र रक्तदान कार्यक्रम भएको बताउनुभयो । यस्तै आइतबार बिहान नेपाल पत्रकार महासंघ रुपन्देही र राजनैतिक दलहरुका बीचमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता, महिला र पुरुष कर्मचारीबीच खुला टेबलटेनिस प्रतियोगिता, फागुन १ गते महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, अन्तर महाशाखा पुरुष भलिबल प्रतियोगिता कार्यक्रम रहेको ठगिश्वर पोखरेलले बताउनुभयो।
यस्तै फागुन २ गते महिला, पुरुष जनप्रतिनिधि र कर्मचारीबीच घैटोफोर, कुर्सी दौडलगायतका कार्यक्रम आयोजना गरेको उहाले बताउनुभयो । फागुन ३ गते उपमहानगरपालिकाले स्थापना दिवसको मूल समारोह कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो । मुल समारोहमा उत्कृष्ट कर्मचारी, करदाता, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको उहाले बताउनुभयो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %