बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क

बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क
0 0
Read Time:2 Minute, 6 Second

बुटवल । बुटवलका बासिन्दाका लागि रगतसम्बन्धी सम्पूर्ण सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरुमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

रक्त सञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदासका बीचमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

बुटवल उपमहानगर र रेडक्रस सोसाइटीका बीचमा आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविरहरु सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनै पनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नु नपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने बताए ।

समझदारीपछि बुटवल र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बुटवल र रक्त सञ्चार केन्द्रबीचको समझदारी लगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %