आठाै नगर स्तरीय क्रिकेट मेयर कपकाे उपाधी कपिलवस्तु नगरपालिका वडा २ लाई
कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा २ ले जितेको छ । कपिलवस्तु नगरपालिका वडा १२ ले टस जितेर पहिले बलिङ गर्दै १९.५ अोभरमा सबै विकेट गुमाएर १०१ रन बनाउन सफल भएको थियो ।
वडा १२ वटा सबै भन्दा बढी रन आरएन मिस्रले ३६ बालमा ३४ रन त्यस्तै रमजान अलिले धुनिया १३ बालमा १९ रन बनाउन सफल भएको थियो वडा २ बाट सरफुद्दिन गद्दीले ४ आेभरमा १ मेडन ११ रन खर्च गरेर ४ विकेट लिएका थिए । कपिलवस्तु नगरपालिका वडा २ ले १०१ रनको पिछा गर्दै १२ आेभर ३ बलमा १०१ रन बनाउन सफल भएको थियो ।
कपिलवस्तु नगरपालिका वडा २ ले ७ बिकेटले म्याच जितेको थियो । कपिलवस्तु नगरपालिका वडा २ बाट सबैभन्दा बढी रन पवन गुप्ताले १८ बलमा ३६ रन , त्यस्तै शिवकुमार मैरयाले २३ बलमा ३३ रन बनाउन सफल भएको थिए । फाइनल मैच मा मैन अफ द मैज आकाश यादवले ४ आेभरमा १८ रन दिएर ३ विकेट पाएको थिए ।
भने वडा १२ का १० विकेट लिएर वेस्ट बलर जीवन माैरया पाएको छन भने आठाै नगर स्तरीय क्रिकेट मेयर कपकाे मैन आफ द सिरीज वडा १२ का बिजय कुमार उपाध्य ६ विकेट ६२ रन बनाए मैण आफ द सिरिज पुर्ब मन्त्री सुरेन्द्र आचार्यले प्रदान गरेको थिए ।
कपिलवस्तु नगरपालिका वडा २ प्रथम आउनेलाई रु ६० , ००० ( साठ हजार ) र वडा १२ दोस्रो आउनेलाई रु ३०, ००० ( तिस हजार ) सहित मेडल , ट्रफी र प्रमाणपत्र पुर्ब मन्त्री सुरेन्द्र आचार्य लुुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकार पान्डेय र कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पाैडेल सयुक्त रुपमा बितरण गरेको थिए ।

लेखकको सम्वन्धमा