कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी

कपिलवस्तुमा एक वर्षमा ७७ जनाको सडक दुर्घटनामा मृत्यु, मोटरसाइकल दुर्घटना सबैभन्दा बढी
0 0
Read Time:1 Minute, 56 Second

कपिलवस्तु । कपिलवस्तुमा ट्राफिक प्रहरीले सवारीसाधन जाँचमा कडाइ गरे पनि सडक दुर्घटनामा अपेक्षित कमी आउन सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार जिल्लामा भएका ६८५ वटा सवारी दुर्घटनामा ७७ जनाले ज्यान गुमाएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार एक वर्षको अवधिमा औसतमा प्रत्येक महिना ६ देखि ७ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन्।

दुर्घटनामा मृत्यु हुनेमध्ये पुरुष ५६, महिला १०, बालक ८ र बालिका ३ जना रहेका छन्। तथ्यांकअनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका छन्। आर्थिक वर्षभर ५८६ वटा मोटरसाइकल दुर्घटना हुँदा ४१ जनाले ज्यान गुमाएका छन्।

सडकका आधारमा हेर्दा सबैभन्दा बढी दुर्घटना हुलाकी राजमार्गमा १७७ वटा, महेन्द्र राजमार्गमा १३२ वटा तथा अन्य भित्री सडकमा ३७७ वटा भएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए।

यस्तै, ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथिको कारबाहीबाट आर्थिक वर्ष २०८१/८२ मा ट्राफिक प्रहरीले १ करोड ३३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। ओभरलोड सवारीसाधनबाट असुल गरिएको १ करोड ८६ लाख रुपैयाँ जरिवाना भने बुटवलस्थित यातायात व्यवस्था कार्यालयमा दाखिला गरिएको प्रहरीले जनाएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %