“मिथ्या सूचनाले लोकतन्त्रलाई कमजोर बनाउछ “
- Lumbini Press
- जेष्ठ २७, २०७९
- 317 Shares
-
बुटवल । मिथ्या सूचनाले लोकतन्त्रलाई कमजोर बनाउने भन्दै सहि सूचना सम्प्रेषणमा आमसञ्चार र पत्रकारहरु जिम्मेवार हुनुपर्ने सरोकारवालाहरुले बताएका छन ।
सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजना तथा युएसएआईडी र आइआरआईको सहयोगमा शुक्रबार बुटवलमा भएको छलफलमा बोल्नेहरुले मिथ्या सूचनाले लोकतन्त्रका स्तम्भहरुलाई कमजोर बनाउने बताएका हुन ।
कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सामाजिक सञ्जालले मिथ्या सूचनाहरु फैलाएको भन्दै आमसञ्चार माध्यम र पत्रकारहरुले त्यसो गर्न नहुने बताए।
उनले मिथ्या सूचनाले समाजलाई भडकाउने र गलत ठाउँमा लैजाने भन्दै यसका लागि प्रदेश सरकारले पनि बजेट छुट्याउनुपर्ने बताए।उनले मिथ्या सूचनाको बारेमा बुझेर मात्रै समाचार लेख्न पत्रकारहरुलाइ आग्रह गरे।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठले मिथ्या सूचनाको कारणले हिंसा र द्वन्द्व बढ्ने बताउदै यो विषयमा गम्भीर हुनुपर्ने बताए।
प्रदेशसभा सदस्य रमा अर्यालले मिथ्या सूचनाको कारणले चरीत्रहत्याका साथै अपत्यारित काम हुने बताईन।
प्रदेशसभा सदस्य डा. कृष्ण प्रसाद न्यौपानेले पछिल्लो समय सामाजिक सञ्जाल मिथ्या सूचनाले भरिएको बताए।
अर्का प्रदेश सभा सदस्य दीपा विश्वकर्माले मिथ्या सूचनाले महिला जनप्रतिनिधिहरुलाई निकै समस्या परेको बताईन।
बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले मित्थ्या सूचनाले सञ्चारमाध्यमको विश्वसनियता कमजोर हुने बताए।
छलफलमा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, बुटवल उद्योग बाणिज्य संघका उज्जवल कसजु, पत्रकारहरु शेरबहादुर केसी, रेखा भुसाल, अमृता अनमोल, विनोद परियार, ले बोल्दै मित्थ्या सूचना जो कसैले फैलाउन सक्ने भएकाले मूलरुपमा सञ्चारकर्मी र सञ्चारक्षेत्र जिम्मेवार हुनुपर्ने बताए । छलफलमा सेन्टर फर मिडिया रिसर्च नेपालका तिलक पाठक, उज्जवल आचार्य, भुवन केसी, सिपि खनालले मित्थ्या सूचना, स्थानीय निर्वाचनमा लुम्बिनी प्रदेशको मिडियाको अवस्थाका बारेमा प्रस्तुती राखेका थिए।
- मैनाबगरको सूर्योदय प्राविमा १६५ विद्यार्थीको मुख तथा दन्त परीक्षण
- दीप एकेडेमिमा ४ सय विद्यार्थीको दाँत, मुख तथा आँखा परीक्षण
- आधुनिक समाज डेन्टल द्वारा दीप एकेडेमीका १९४ विद्यार्थीको निःशुल्क मुख स्वास्थ्य परीक्षण
- बुटवलमा ARE GP क्वालिफायर्स, धीरजसहित तीन राइडर ग्रान्ड फिनालेमा
- कांग्रेस १५औँ महाधिवेशनमा नीमा गिरी केन्द्रीय सदस्य (महिला) उम्मेदवार
- बुटवलमा भोलि ARE जीपीको पहिलो क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
- कपिलवस्तुमा लैंगिक उत्तरदायी तथा समावेशी शासनबारे सार्वजनिक सुनुवाइ
- बुटवल–१६ का वडा सदस्य विष्णु सापकोटा कांग्रेस प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी
- रुपन्देही–३ बाट महाधिवेशन प्रतिनिधिमा बालकृष्ण खाँणको उम्मेदवारी
- अपाङ्गता भएका तर्फबाट महाधिवेशन प्रतिनिधिमा खिमबहादुर खड्काको उम्मेदवारी

प्रतिकृया दिनुहोस्